×
शनिबार, साउन ०४, २०८२
☰
शनिबार, साउन ०४, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

समृद्ध महानगर भनिएको भरतपुरमा फोहोरका ठूलठूला थुप्रो,दुर्गन्धीत भयो भन्दै स्थानीय आक्रोशीत


  •   शनिबार, पुष ०३, २०७८
  • चितवन। केही समय पहिले हो , भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी किनारलाई विदेश जस्तै बताउने बताइन् । आफ्नो पीता एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहेको कार्यक्रममा उनले पर्याप्त बजेट पाए नारायणी नदी किनारलाई सी वीच मोडल बनाउने बताएकी थिइन् ।
    पछिल्ला समय प्रचण्ड र रेनु आफैले एमाले महाधिवेशन देखि विभिन्न कार्यक्रममा आएका स्थानीय तथा जनतालाईहरुलाई भरतपुरको विकास हेर्न आएको बताइरहेका छन् ।

    Advertisement


    तर त्यसरी विदेश जस्तै बनाउने भनिएको भतरपुर महानगरमा विगत एक हप्तादेखि फोहोर नै उठाइएको छैन । जसले गर्दा स्थानीय देखि व्यवसायी आक्रोशीत सँगै दुर्गन्ध फैलिने भन्दै चिन्तीत छन् । फोहोर व्यवस्थापन गर्ने भन्दै महिनाको पाँच सय सम्म बुझाउने गरेको उनीहरुले सुनाए । तर विगत एक हप्तादेखि फोहोर नै उठेको छैन ।
    कुनै भिआइपी आउँदा घडा सजाएर स्वागत गरिएजसरी समृद्ध भरतपुर बताइएको यहाँ दायाँवायाँ फोहोरको थुप्रोले स्वागत गरिएको छ ।
    महानगरले भने फोहोर उठाउन पहल भइरहेको बताइरहेको छ । तर स्थानीयले महानगरले पटक पटक विकास गर्ने बताएपनि काम नगरेपछि अवरोध गर्नुपरेको बताएकाछन् ।
    महानगरमा दैनिक करिव ६५ देखि ७० टन फोहोर उठ्ने गरेको छ । वर्खाको समय भरतपुर २४ धु्रवका स्थानीयले फोहोर फाल्न नदिएपछि फोहोर उठ्न नसकेको हो । हिउँदमा भरतपुर ३ नगर वन र वर्खामा उक्त स्थानमा महागनरले फोहोर फाल्दै आएको छ ।

    फोहोर व्यवस्थापनका लागि महागनरले कोरियन कम्पनीसँग पनि सम्झौता गरेको थियो । तर फिल्डमा देखिनेगरी कुनै काम भएको छैन । सुडोनोन ल्यान्ड–फिल्ड साइट म्यानेजमेन्ट नामक कोरियन संस्थाको साझेदारीमा भरतपुर–२, आँपटारीमा स्यानिटरी ल्यान्डफिल्ड साइट बनाउने महानगरको योजना छ । त्यहाँ महानगरको १५ बिघा जग्गा छ । कोरियन संस्थासँग २०७५ भदौमा सम्झौता भएको थियो । ल्यान्डफिल्ड साइट निर्माणका लागि डिसेम्बरभित्रै कोरियन संस्थासँग एमओयू हुन लागेको महानगरले जनाएको छ ।

    यो समय सम्झौता भएपनि फिल्डमा काम सुरु हुन अझै कम्तीमा डेढ वर्ष लाग्ने देखिन्छ । कुहिने र नकुहिने फोहोरलाई घरमै छुट्टयाएर कुहिने फोहोरबाट मल बनाउने अभियान पनि सञ्चालन गरिएको महानगरले जनाएको छ । तर व्यापारीक क्षेत्र नारायणगढमा भने त्यो देखिदैन । कुहिने नकुहिने सबै फोहोर ल्याएर थुपारेको देखिन्छ जसले अझ बढी दुर्गन्ध फैलाएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.