गैँडाकोट । नेपाल पत्रकार महासंघ नवलपुरले आफ्नो भवन निर्माणका लागि जग्गा सुनिश्चत भएको जनाएको छ ।
महासंघ उपाध्यक्ष नविन पौडेलका अनुसार आज प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापा,प्रहरी उपरीक्षक प्रकाश मल्ल, पत्रकार महासंघका अध्यक्ष विरेन्द्र पराजुली सहितको टोली गएर भवन निर्माणका लागि जग्गा सुनिश्चित गरिएको हो ।
जिल्ला नटुक्रिदा महासंघको आफ्नै भवन हुनेमा पहिलो जिल्ला बनेको थियो । तर जिल्ला टुक्रिएपछि भने कार्यालय भाडामा संचालन गरिदै आएको छ ।
नमुना सदरमुकाम निर्माणका लागि छनौट गरिएको जग्गाको केही भाग महासंघ नवलपुरले प्रदान गर्ने पौडेलले बताए । जग्गा सुश्चितसँगै पत्रकार संघ संगठनसँग समन्वय गरेर भवन निर्माण समिति बनाएर अघि बढ्न पत्रकारहरुले सुझाव दिएका छन् ।उपाध्यक्ष पौडेलका अनुसार केही दिनमै भवन शिलान्यास गर्ने जानकारीदिए ।