चितवन । राष्ट्रिय मावि शोशी भरतपुर २५ शुक्रनगरले नवनिर्मित भवन उद्घाटन गरेको छ । विद्यालयको ५४ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवसका अवसरमा सो भवनको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् । भरतपुर महानगरको ४० लाख बजेटमा बनेको ४ कोठे भवन र प्रदेश सांसद रामलाल महतोको बजेटबाट तलासहित बनेको २ तले आठ कोठे भवन निर्माण गरिएको हो ।
भौतिक पूर्वाधार र विद्यार्थी नहुँदा मर्ज हुने स्थितिमा पुगेको विद्यालयमा भौतिक संरचना बिस्तारसँगै शैक्षिक क्रियाकलापलाई प्रभावकारी बनाएर स्कुललाई २५ नम्वरकै उत्कृष्ट स्कुलका रुपमा विकास गर्न आफूहरु लागि परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश चौधरीले बताए ।
२०० विद्यार्थी पनि नहुने स्थितिमा पुगेको विद्यालयमा अहिले ५७५ बिद्यार्थीहरु रहेको चौधरीको भनाइ छ । अहिले बालबिकास केन्द्रमा मात्रै १३७ जना बिद्यार्थीहरु रहेको उनको भनाइ छ ।
कार्यक्रममा मेयर दाहालले शोशी स्कुललाई कक्षा ११ र १२ मा बिस्तार गरी प्राविधिक शिक्षा पठनपाठन गराउन महानगरले आवश्यक भौतिक संरचनादेखि अन्य पूर्वाधार निर्माणमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
वार्षिकोत्सव एवंम अभिभावक दिवस कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका पूर्वअध्यक्ष काशी न्यौपाने, वडा अध्यक्ष तथा बिद्यालयका पुर्वअध्यक्ष बिजय भुजेल, पुर्व प्रअ हरिप्रसाद सुबेदी, बाह्य कार्यक्रम संयोजक रुपेश सुनार, शैक्षिक सुधार योजना प्रमुख शिव पौडेल, कर्मचारीको तर्फबाट सपना भट्टराई, प्रेमकुमारी महतो, शिक्षिका बिनिता श्रेष्ठ, लेखापाल सुनपति बस्येल, सहायक प्रअ तारानाथ अधिकारीलाई प्रमाणपत्र नगद ५ हजारसहित दोसल्ला ओडाएर सम्मान गरएको थियो ।
कार्यक्रममा बिद्याल्यका बिद्यार्थीहरुले बिभिन्न प्रकारका सागिंतिक प्रस्तीहरु प्रस्तुत गरेका थिए । उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यार्थीहरुले बिज्ञान प्रदर्शनीसमेत गरेका थिए । यसैबीच भरतपुर २५ को वडा कार्यालय भवनको पनि उद्घाटन मेयर दाहालबाट भएको थियो ।