गैँडाकोट । आज मात्रै रक्षामन्त्रीबाट राजीनामा दिएका नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले जनताको स्वास्थ्य उपचार गर्न ५० लाख रुपैयाँ अनुदान दिने घोषणा गरेका छन् ।
सामाजिक संजालमार्फत उनले सो जानकारी दिएका हुन् । आज मात्रै उनी नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदमा पराजित भएका थिए । पराजित हुनासाथ मन्त्रीबाट राजीनामा दिएका उनले सो घोषणा गरेका हुन् ।
मोरङ्ग क्षेत्र नं २ का नागरिकले गुन लगाउनु भएको भन्दै सो रकम दिने घोषणा गरेका हुन् । उनले लेखेका छन्,“आमा,बुवाले सामर्थ्य विरासतमा छोडेर जानु भएको छ। त्यसैले मोरङ्ग २ का नागरिकको स्वास्थ्य उपचारमा प्रयोग गर्न पाउने गरी मैले रू ५० लाख अनुदान गर्दै उहाँहरूको नाममा पुण्यश्री प्रतिष्ठान सुरू गर्ने निर्णय गरेको छु।”
Advertisement




