×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भारी मत सहित गगन थापा र विश्वप्रकाश कांग्रेस महामन्त्रीमा निर्वाचित


  •   बिहिबार, पुष ०१, २०७८
  • गैँडाकोट । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । गगनकुमार थापाले सर्वाधिक मत ल्याएर निर्वाचित भएका छन् । कुल ४६८२ मत खसेकोमा गगन कुमार थापाले मात्रै ३०२३ मत ल्याएका थिए । ४३ मत बदर भएको थियो ।
    मंसिर २७ गतेका दिन भएको निर्वाचनको मतगणना आज बिहीवार बिहान १० बजेर २० मिनेटदेखि सुरु भएको थियो ।  अर्का निर्वाचित उम्मेदवार विश्वप्रकाश शर्माले १९८४ मत ल्याए । पराजित अन्य उम्मेदवारहरु डा. प्रकाश शरण महतले १५५६, प्रदीप पौडेलले १३९३, डा. मिनेन्द्र रिजालले ८०९, डा. राजाराम कार्कीले १०६ मत प्राप्त गरेका थिए ।
    महामन्त्री पदमा छ जना उम्मेदवारहरुमध्ये नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २१ (२) बमोजिम बढी मत प्राप्त गरेका दुई जना उम्मेदावरहरु गगन कुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएको समितिले घोषणा गरेको हो ।

    Advertisement

    गगन थापा शेखर कोइरालाको प्यानलबाट र विश्वप्रकाश प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिएका थिए । देउवा दोस्रो चरणबाट सभापतिमा निर्वाचित हुँदा महत र पौडेल दुबै महामन्त्रीमा पराजित भए ।

    शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका मिनेन्द्र रिजालले ८०९ मात्र मत पाए । प्रारम्भीक मत परिणामसागै आफ्नो हार स्वीकार गरेका उनले रक्षामन्त्रीबाट समेत राजीनामा दिइसकेका छन् । विमलेन्द्र निधिको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका राजाराम कार्कीले जम्मा १०६ मत ल्याए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.