×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैँडाकोट ३ केलादीमा बन्यो ३ कोठे विद्यालय भवन


  •   बिहिबार, पुष ०१, २०७८
  • गैँडाकोट । लायन्स क्लब अफ चितवन नवलपुरले एनआरएनए जापान कान्साई क्षेत्रिय समिति २०१९–२०२१ को आर्थिक सहयोगमा गैडाकोट ३, केलादीमा निर्मित ३ कोठे बिद्यालय भवनको बुधवार समुद्घाटन गरिएको छ ।

    Advertisement

    श्री कालिगण्डकी बाल बिकास केन्द्रको ३ कोठे उक्त भवन निमार्णका लागि एन आर एन ए जापान कान्साई क्षेत्रिय समिति २०१९–२०२१ को करिब ६ लाख आर्थिक सहयोग र स्थानिय जनश्रमदान एवं क्लबका सदस्यहरुबाट रु १ लाख गरी ७ लाख खर्च भएको कार्यक्रम संयोजक उमाकान्त कण्डेलले जानकारी दिए ।

    नवनिर्मित भवनको उमुद्घाटन गर्दै गैडाकोट नगरपालिका नगर प्रमुख छत्रराज पौडेलले बिद्यालय भवन निमार्णमा लायन्स क्लब र एनआरएनए को मुक्तकण्ठले प्रशंशा गरे । शिक्षामा गरेको लगानीको प्रतिफल दिर्घकालिनरुपमा प्राप्त हुने बताउदै कलिला बाल बालिका अध्ययन गर्ने बिद्यालय छानेर सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दे आउदा दिनहरुमा पनि यस्तै सहयोगका लागि अनुरोध गरे ।

    कार्यक्रमका बिशिष्ट अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका डिष्ट्रिक गर्भनर रामप्रसाद भट्टले जहाँ जस्तो आवश्यकता त्यहाँ त्यस्तै सहयोग गनुपर्छ भन्ने मान्यता बोकेका लायन्सहरुको पहलमा निमार्ण भएको बिद्यालय भवनले केलादी क्षेत्रका बिद्यार्थी र अभिभावकहरुलाई निक्कै सुबिधा पु¥याउने आफुले महसुस गरेको बताए । लायन्स यस बिद्यालयका नानी बाबुहरुका लागि खेलकुदका सामग्री तथा स्टेशनरी सागाग्रीहरु पनि चाँडैनै प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्दै चाँडै सो क्षेत्रका नागरिकहरुलाई बिभिन्न सिपमुलक तालिमहरु लायन्सले प्रदान गर्ने बताए ।

    कार्यक्रमका एनआरएनए जापान कान्साई क्षेत्रिय समिति २०१९–२०२१ का सचिब सुरेश सापकोटाले आफुहरुले गाँस कटाएर पठाएको पैसाबाट लायन्सहरुले आफुहरुले सोचे भन्दा पनि राम्रो काम भएकोे बताउदै आउदा दिनमा पनि सहकार्य गर्दै जाने बताए ।
    गैडाकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष शिबकान्त तिवारीले शिक्षाका लागि लायन्स क्लब र एनआरएनएले आफ्नो वडामा निमाार्ण गरिदिएको भवनबाट शिक्षाबाट बिमुख हुनुपर्ने अवस्थामा पुगेका बालबालिका र उनीहरुका अभिभावकलाई राहत पुगेको बताए । बिद्याललयमा आवश्यक पर्ने शौचालय तथा खेलकुद मैदानको स्तरोउन्नतीका लागि पनि सहयोग गरिदिनुहुन अनुरोध गरे ।

    कार्यक्रममा गैडाकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नवराज कंडेल, लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का चिफ एक्जुकेटिभ दिनानाथ न्यौपाने, एनआरएनए जापान कान्साई क्षेत्रिय सह सचिव लक्ष्मण गैरै, बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष हरिनारायण श्रेष्ठ, बिद्यालयका प्रअ केदाननाथ पौडेल, लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का बिभिन्न पदाधिकारीहरु, स्थानिय वासिन्दाहरुको उपस्थिती रहेको थियो ।

    बि।स। २०५८ सालमा हर्दिमा रहेको मौलादेबी प्राथामिक बिद्यालयको शाखाको रुपमा रहेको श्री कालि गण्डकी बाल बिकास केन्द्र, केलादीमामा हाल बाल बिकास कक्षामात्र सञ्चालन हुने गर्दछ । सो कक्षामा हाल १५ जना बिद्याथीहरु अध्ययनरत छन् । बिद्यालयका प्र.अ= केदारनाथ पौडेलल नयाँ बिद्यालय भवन भएपछि पठ्न पाठनमा निक्कै सहज हुने बताए । सो कार्यक्रम लायन्स क्लब अफ चितवन नवलपुरका उपाध्यक्ष अञ्जन भट्टको सभापतित्वमा सम्पन्न भएको थियो । अध्यक्ष भट्टले बिद्यालय भवन मात्र नभएर यो गाँउलाई आफुहरुले सुबिधा सम्पन्न लायन्स ग्रामका रुपमा बिकास गर्ने समेते सोच रहेको जानकारीदिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.