चितवन । चितवनको भरतपुरमा कलेज बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भरतपुरको बाइपास रोडमा अर्कीड कलेजको बसले मोटरसाइकललाइ ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा चितवन खैरेनी नगरपालिका २ बस्ने बर्ष ५५ का रामहरि श्रेष्ठ रहेका छन् । उनको उपचारका क्रममा हिजा साँझ ७ भरतपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोहि मोटरसाइकलमा सवार उक्त ठाउँका ५४ वर्षीय पुरन श्रेष्ठको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ।
Advertisement
साँझ साढे ६ बजेको समय आँफटारिबाट मालपोत चोक तर्फ जादै गरेको ना १ क ४७९८ नम्बरको बसले सोही दिसा तर्फ जादै गरेको ना ६१ प ४४०८ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको हो।
कलेज बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।