×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नवलपुरको जनगणना सकाएर रानाभाटको टिम कार्यक्षेत्रमा फर्कीए


  •   बिहिबार, पुष ०१, २०७८
  • नवलपुर । नवलपुरमा १२औँ राष्ट्रिय जनगणना सकाएर जितेन्द्र रानाभाट नेतृत्वमा रहेका कर्मचारीहरु कार्यक्षेत्रमा फर्कीएका छन्। तथ्याङ्क विभाग कार्यालयबाट जिल्ला जनगणना अधिकारीको जिम्मेवारी लिएर देशकै कान्छो जिल्ला नवलपुर आएका रानाभाटले जनगणनाका सवै कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए ।

    Advertisement

    कार्य सम्पन्न भएर सवै सामाग्री केन्द्रको भण्डारण कक्षमा बुझाएसँगै हिजोदेखि कार्यालय १० वर्षसम्मका लागि बन्द भएको उनले बताए । “हामीले सम्पूर्ण काम सकेर सवै सामाग्री मंसिर २८ गतेनै बुझाएका छौँ । सफलतापूर्वक संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी पछिको पहिलो जनगणना भएकालेपनि सवैले महत्वपूर्ण सहयोग गर्नुभयो । १२औँ जनगणना कार्य नवलपुरमा पनि सफल भयो ।”

    कावासोतीमा भाडामा लिएर कार्यालय संचालन गरी जिल्लामा जनगणनाको काम सुरु भएको थियो । स्थानीय जनगणना कार्यालय भने मंसिर १५ गते नै बन्द भइसकेका छन् । गैँडाकोट, कावासोती र मध्यविन्दुमा स्थानीय जनगणना कार्यालय रहेका थिए । कावासोतीको कार्यालयले हुप्सेकोट,कावासोती र वौदीकालीको, गैँडाकोटको कार्यालयले बुलिङटार, देवचुली र गैँडाकोटको कार्य क्षेत्रलाई हेरेको थियो । मध्यविन्दुले मध्वविन्दु र विनयी त्रिवेणी हेरेको थियो ।

    जिल्लाभर ११० जना सुपरीवेक्षक र ४८४ गणक खटिएका थिए । गणकमध्ये ती मध्ये संस्थागत गणनाका लागि नेपाली सेनाबाट १ जना, सशस्त्रबाट १ जना र नेपाल प्रहरीबाट १ जना काजमा खटाएका खटाएर कार्य सम्पन्न भएको रानाभाटले जानकारी दिए । उनीहरुको पारिश्रमिक भने मंसिर २६ गतेनै बैँक मार्फत भुक्तानी गरिसकिएको उनले बताए । तीन वटै स्थानीय जनगणना कार्यालयमा काजमा स्थानीय जनगणना अधिकारी खटिएका थिए । सम्वन्धीत स्थानीय तहको दुई जना कार्यालय सहायक कर्मचारीको रुपमा समेत रहेर जनगणना सम्पन्न भएको हो । काजमा आएका कर्मचारीहरु काम सम्पन्नसँगै आफ्नो कार्यक्षेत्रमा फर्कीएका छन् ।

    जिल्ला जनगणना अधिकारी जितेन्द्र रानाभाट र सहायक जनगणना अधिकारी रुद्रप्रसाद अधिकारीलाई विभागले तोकेर पाठएको थियो भने लेखा र अन्य दुई जना कर्मचारी काजमा लिएर कार्यालय संचालन गरिएको थियो ।

    जिल्लाबाट केन्द्रीय तथ्याङ्क विभागको गुनासो गर्ने नम्वरमा कोहि कसैले छुटेको वा गणना गर्न नआएको भन्ने कुनै गुनासो समेट नभएको, जिल्लामा पनि कहिँकतै छुट भएको जानकारी नआएको भन्दै समग्रमा सफल भएको उनको भनाई थियो ।

    जिल्लामा केन्द्रीय तथ्याङ्क विभागको अनुमान भन्दा ७ देखि ८ हजार परिवारसंंख्या बढेको भन्दै रानाभाटले सुरुको भन्दा पछि ३८ जना गणक थप्नुपरेको थियो । यसरी जिल्लामा साविकको भन्दा करिव ६० देखि ७० हजार जनसंख्या बढ्ने अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.