गैँडाकोट । नेपाली काँग्रेस गैँडाकोट ४ ले आफ्नो संगठन विस्तार टोलटोलमा पुर्याएको छ । सात वटा टोल रहेको वडामा शुभश्रीमा हिजो मात्रै संगठन विस्तार गरेको थियो भने आज कालीगण्डकी टोल कार्यसमिति गठन गरिएको वडा सभापति कृष्णप्रसाद पराजुलीले जानकारीदिए ।
उक्त समितिको सभापतिमा नारायण प्रसाद आचार्य, उपसभापतिमा गणेश कुमाल, सचिवमा अन्जना ढकाल, कोषाध्यक्षमा शेरवहादुर के सी, सह सचिवमा पदम रानाभाट रहेका छन् ।
सदस्यहरुमा सरिता सुनार , भगवती अधिकारी, शर्मिला शर्मा , शुभद्रा आचार्य , मोहन कंडेल , सुर्य प्रसाद घिमिरे , गणेश वाग्ले ,तेज वहादुर राना , वालकृष्ण घिमिरे र श्रीराम रिमाल समेतको १५ सदस्यीय नयाँ कार्य समिति गठन भएको हो ।
आज वसेको टोल भेला वाट सर्व सम्मत नयाँ समिति चयन गरिएको हो ।
टोल भेलाको सभापति अमित घिमिरेको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस जिल्लाका सल्लाहकार टोलनाथ घिमिरे , अतिथि वार्ड सभापति कृष्णप्रसाद पराजुली , टोल विकास अध्यक्ष कृष्णप्रसाद घिमिरेको उपस्थिती रहेको थियो ।
नव निर्वाचित पदाधिकारी हरुलाइ प्रमुख अतिथि वाट टीका लगाइ काममा प्रेरित हुन शुभकामना दि एभने वार्ड सभापति कृष्णप्रसाद पराजुलीले निर्वाचित पदाधिकारी हरुलाइ शपथग्रहण गराई नेपाली कांग्रेसको सिद्धाान्तमा रहन आग्रह सहित देशको विकासमा लाग्न प्रेरित गर्दै नेपाली कांग्रेसको विधान अनुरुप चल्न निर्देशन दिए ।
गैँडाकोट ४ मा काँग्रेसको संगठन विस्तार, कालीगण्डकी टोलको सभापतिमा नारायणप्रसाद आचार्य
गैँडाकोट ४ मा काँग्रेसको संगठन विस्तार, कालीगण्डकी टोलको सभापतिमा नारायणप्रसाद आचार्य

Advertisement
तपाईको प्रतिक्रिया