×
मङ्गलबार, जेठ ०७, २०८२
☰
मङ्गलबार, जेठ ०७, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सभापति चयनका लागि कांग्रेसकाे चुनाव फेरि हुने


  •   मङ्गलबार, मङि्सर २८, २०७८
  • चितवन ।कांग्रेस सभापतिको चयनका लागि पुनः मतदान हुने भएको छ । पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुनः मतदान हुन लागेको हो । सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।

    Advertisement

    महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात् २३४० मत आवश्यक थियो । तर, सभापतिका प्रत्याशी कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् ।
    पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । कोइरालाले १७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २०मत प्राप्त गरेका छन् । अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ ।

    कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।

    निर्वाचन समितिले मतपत्रको तयारी गरेर तुरुन्तै मतदान प्रक्रिया अघि बढाउने जनाएको छ ।

    कांग्रेसमा यसपटक सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ सहित १३४ पदका लागि निर्वाचन भएको छ ।

    सभापतिको परिणाम आएपछि मात्रै बाँकी पदको मतगणना हुनेछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.