काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरर्गत अहिले मत गणना जारी छ । ४ हजार ७४३ मतदाता रहेपनि ४ हजार ६७९ मत खसेको छ । १००० मत गनेर सक्दा सभापतिका उम्मेदवार शेरवहादुर देउवाले अग्रता लिएका छन् ।
१००० मतगणनामा हुँदा शेरबहादुर देउवाको ४७३ मत आएको छ । यस्तै, डा. शेखर कोइरालाको ३७६ मत आएको छ । प्रकाशमानले ९१ मत प्राप्त गरेका छन् भने विमलेन्द्र निधिले ४९ र कल्याण गुरुङले ३ मत प्राप्त गरेका छन् ।
कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ ।
कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने बताइएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।
१४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।