काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरर्गत अहिले मत गणना जारी छ । ४ हजार ७४३ मतदाता रहेपनि ४ हजार ६७९ मत खसेको छ । ६०० मत गनेर सक्दा सभापतिका उम्मेदवार शेरवहादुर देउवाले अग्रता लिएका छन् ।
Advertisement
६०० मतगणनामा हुँदा शेरबहादुर देउवाको २८८ मत आएको छ । यस्तै, डा. शेखर कोइरालाको २१८ मत आएको छ । प्रकाशमानले ४१ मत प्राप्त गरेका छन् भने विमलेन्द्र निधिले ३९ र कल्याण गुरुङले ४ मत प्राप्त गरेका छन् ।