×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा नेटवर्कीङ व्यापारको धन्दा, रकम ठगी गर्नेहरु सेमिनार गर्दैगर्दा पक्राउ


  •   सोमबार, मङि्सर २७, २०७८
  • चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले अवैध नेटवर्कीङ व्यवसायको नाउँमा रकम लुट गर्ने र धन्दा मच्चाउनेहरुलाई पक्राउ गर्न सफल भएको छ ।
    प्रतिवन्धित पिरामिड संरचनाको नेटवर्किङ विजनेशको सदस्य बनाई रकम ठगी गर्ने व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार यस्तो थियो घटनाक्रम

    नेटवर्कीङ व्यापारमा रहेर सदस्य बनाएपछि पैसा पाउने भन्दै भरतपुर २६ बस्ने वर्ष ३६ का सरोज घिमिरे र दुई जना भारतिय नागरिकहरु चितवन आए । भरतपुर १०मा सीजी ल्याण्डमार्क होटलमा नेटवर्किङ्ग व्यापारबारे सेमिनार गरिरहेका थिए । सो सूचना चितवन प्रहरीले पायो ।

    मंसिर १७ गते साँझ ८ बजेतिर होटलको छैठौँ तल्लामा रहेको मिटिङ हलमा भारत राजस्थान बस्ने वर्ष २८ का जितेश बर्मा, भारत हरियाणा बस्ने वर्ष ३४ को अंकित शर्मा र सरोज घिमिरेले १०/१२ जनाको संख्यामा मानिसहरु भेला गरी बिभिन्न झुट्टा आस्वासन तथा विश्वास दिलाई भ्रममा पारीरहेका थिए ।

    व्यक्तिगत लाभको लागि आफ्नो तथा आफुले भनेको ब्यक्तिको खातामा पैसा जम्मा गर्न लगाउनु होस् भन्दै नेपालमा प्रतिवन्धित पिरामिड शैलीको क्यूनेट नेटवर्किङ्ग को सम्वन्धमा हौस्याइरहेका थिए।

    त्यसपछि पुगेको चितवन प्रहरीले नेटवर्किङ बिजनेशको सदस्यता बनाउन प्रयोग गर्ने गरेको ल्यापटप थान–१ (एक), उनीहरुले प्रयोग गर्ने गरेको मोवाईल ४ थान सहित नियन्त्रणमा लिई कार्यालयको हिरासत कक्षमा राखीयो ।

    प्रारम्भिक अनुसन्धानकै क्रममा पीडित बिकाश घिमिरेबाट अभियुक्त सरोज घिमिरेको बैंक खातामा रू.२७,५०,०००/– (सत्ताईस लाख पचास हजार रुपैया मात्र ) रकम जम्मा भएको देखियो ।

    पीडित बिकाश घिमिरे समेतले अभियुक्त सरोज घिमिरेले आफुलाई बिभिन्न प्रलोभन देखाई आफ्नो तथा आफन्त(छोरा/श्रीमती) समेतको खातामा रू.२७,५०,०००/– (सत्ताईस लाख पचास हजार रुपैया मात्र ) दाखिला गर्न लगाएको बताए । आफूलाई नेपालमा प्रतिबन्धित पिरामिड शैलीको क्यूनेट नामक नेटवर्कीङ विजनेसको सदस्य बनाई ठगी गरेकोले सरोज घिमिरे समेतलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी आफ्नो ठगी गरेको रकम असल उपर गरी पाउँ भनि बिकाश घिमिरेको जाहेरी दरखास्त पर्यो ।

    त्यसपछि प्रहरीले उनीहरु उपर नेटवर्किङ ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी चितवन अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान गरिरहेकोछ ।

    डिएसपी अधिकारीका अनुसार भारतका राजस्थान प्रदेश ३–ग ११, हाउजिङबोर्ड शास्त्री नगर जयपुर बस्ने वर्ष २८ को जितेश बर्मा, भारत देश, हरियाणा प्रदेश, गुडगाउँ जिल्ला सेक्टर २३, त्रिनिटी टावर १८३ कोलारस घर भएको वर्ष ३४ को अंकित शर्मा र जिल्ला चितवन भरतपुर २६ बस्ने वर्ष ३६ को सरोज घिमिरे पक्राउ परेका हुन् ।

    उनीहरु विरुद्ध मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २१ दफा २४९ उपदफा १, २ बमोजिम कसुर र मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २१ दफा २४९ उपदफा ३(ग) बमोजिम ७ वर्ष सम्म कैद र ७० हजार रुपैयासम्म जरिवाना सजाय हुने व्यवस्था रहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.