चितवन । नेकपा एमालेमा स्थायी कमिटीका लागि सूची प्रस्ताव गरिएको छ । भक्तपुरमा बसेको केन्द्रीय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका हुन् ।
१९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम प्रस्ताव भएको एक नेताले जानकारी दिए । जसमा निम्न नेताहरुलाई प्रस्ताव गरिएको छ ।
घनश्याम भुसाल
गुरु बराल
भीम आचार्य
लालबाबु पण्डित
खगराज अधिकारी
किरण गुरुङ
काशिनाथ अधिकारी
रघुजी पन्त
भानुभक्त ढकाल
मणिचन्द्र थापा
शेरधन राई
कृष्णगोपाल श्रेष्ठ
अग्नि खरेल
प्रभु साह
राजन भट्टराई
सीता पौडेल
विन्दा पाण्डे
गोरख बोगटी
कर्णबहादुर थापा
राजेन्द्र गौतम
थाममाया थापा
शेरबहादुर तामाङ
शिवमाया तुम्बाहाङ्फे र हिक्तम कार्की रहेका छन् ।
पदाधिकारीमा भने चितवनको सौराहामा सम्पन्न १० औँ महाधिवेशनले १९ जनालाई निर्वाचित गरिसकेको छ । जसको अध्यक्षमा केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, ६ जना उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे,सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा, महासचिवमा शंकर पोखरेल, उप–महासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल, ७ जना सचिवहरुमा गोकर्ण विष्ट, योगेश भट्टराई, पध्मा आर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझि र रघुवीर महासेठ छन् ।
उनीहरुमध्ये केपी शर्मा ओली १८४० मत ल्याएर अध्यक्षमा, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निर्विरोध, महासचिवमा शंकर पोखरेल निर्विरोध,
उपाध्यक्षहरूमा
अष्टलक्ष्मी शाक्य १९७६
सुरेन्द्र पाण्डे १९२५
सुवास नेम्वाङ १८६५
विष्णु पौडेल १८५६
युवराज ज्ञवाली १८४२
रामबहादुर थापा बादल १७६८
उपमहासचिवहरूमा
प्रदीप ज्ञवाली निर्विरोध
पृथ्वीसुब्बा गुरूङ निर्विरोध
विष्णु रिमाल निर्विरोध
सचिवहरूमा
गोकर्ण विष्ट १९७६
योगेश भट्टराई १९६४
पद्मा अर्याल १८००
छबिलाल विश्वकर्मा १८००
लेखराज भट्ट १७०४
टोपबहादुर रायामाझी १७००
रघुवीर महासेठ १५१३ ले मत प्राप्त गरेका थिए ।
मंसिर १० गते चितवनको नारायणी नदी किनारमा एमालेले आफ्नो १०औँ महाधिवेशनको उद्घाटन गरेको थियो ।
मंसिर ११ देखि तेस्रो पर्यटकीय गन्तव्य सौराहामा सुरु भएको बन्द सत्र पौष १४ गतेमात्रै सकिएको थियो । सर्वसम्मत समिति चयन गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएर नामलिष्ट हलमा सार्वजनिक गरेपनि अध्यक्षमा भिम रावलले जसरी पनि उम्मेदवारी दिने अडान लिएपछि अन्तत विद्युतीय भोटीङ मेशीनबाट मतदानको कार्य सम्पन्न भएको थियो । भिम रावलले जम्मा २२३ मत ल्याएका थिए ।
Photo : file



