भरतपुर । चितवनको भरतपुर ६ चोक बजारमा मनि ट्रान्सफर संचालनमा आएको छ । जुनसुकै देश बाट पठाएको पैसा झिक्न र नेपाल भरी पैसा पठाउने सेवा दिने उद्धेश्य सहित त्रिशक्ति मनि ट्रान्सफर संचालनमा आएको हो ।
त्रिशक्ति मनि ट्रान्सफरका संचालक संजिव ओझाका अनुसार मनि ट्रान्सफर संगै विल भुक्तानी र हवाई टिकट खरीद सेवा सेमेत प्रदान गरिने छ ।
बैंकिङ क्षेत्र संग अनुभवी र अध्ययन गरेका व्यक्तिहरुबाट संचालन गरिएकाले छिटो, भरपर्दो र सुरक्षित तरिकाले कारोबार हुने मनि ट्रान्सफरका डाईरेक्टर रेश्म तिमल्सिनाले बताए । उनले हरेक हप्ता ‘लक्कि ड्र’ मार्फत आकर्षक पुरस्कारको व्यवस्था समेत गरिएको उनको भनाई छ ।
नेपालमा रहेका सबै रेमिन्टको सुविधा दिने गरि संचालनमा हुदैँ गरेको यस मनि ट्रान्सफरमा अहिले आईएमीइ, हिमाल रेमिट, जि.एम.इ रेमिटेन्स, वेस्टन युनियन लगायतका रेमिटको सेवा संचालनमा छ ।
चोकबजारको एन.आई.सी. बैंक संगै रहेको यस त्रिशक्ति मनि ट्रान्सफरले विहान ८ बजे देखि साँझ ८ बजे सम्म शनिवार समेत सेवा प्रदान गर्ने ओझाले बताए ।