चितवन । नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीत नारायण श्रेष्ठले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आज उनले नेपाली कांग्रेस चितवनका २ क्षेत्रीय सभापतिहरुलाई प्रस्तावक र समर्थक राखेर केन्द्रीय सदस्य ( आदिवासी जनजाति तर्फ) उम्मेदवारी दिएको जानकारी दिए । आफूलाई साथ र सहयोगको अपेक्षा गर्दै निर्वाचित गराउन उनको आग्रह छ ।
उनको परिवारनै काँग्रेस राजनीतिक पृष्ठभूमिमा रहेको श्रेष्ठले पहिले देखिनै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताइरहेका थिए ।
नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै जिल्ला कार्य समितिको सदस्य र सचिव तथा १३औँ महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित श्रेष्ठ कान्छो सभापतिको रुपमा समेत परिचित छन् । नेपाली काँग्रेस भएर रुखमा मत खसाल्न नपाएको चरम गुनासोलाई सम्वोधन गर्दै पछिल्लो समय रुखमा बाहेक अन्त भोट हाल्न नदिनेगरी आफूले नेतृत्व गर्ने बताउँदै आएका छन् ।
तत्कालिन शक्तिखोर गाविस हाल कालिका वडानम्वर ९ मा जन्मिएका श्रेष्ठ प्रष्टवक्ता मानिन्छन् । अर्थसास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरेका उनले काँग्रेसलाई जुझारु र एकमत सहितको काँग्रेस बनाउन आवश्यक भएको बताउँदै आएका छन् ।
चितवन जिल्लाबाट हालसम्म केन्द्रीय राजनीतिमा प्रत्यक्ष पहुँच नभइरहेको समय श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
काँग्रेस चितवनका सभापति श्रेष्ठको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
काँग्रेस चितवनका सभापति श्रेष्ठको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
Advertisement
तपाईको प्रतिक्रिया