गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिकाका काँग्रेस युवा नेता गणेश सापकोटाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । युवामाझ परिचित उनले आज आफ्नो उम्मेदवारी दर्ता गर्दै आफूलाई मत दिएर निर्वाचित गराउन आह्वान गरेका छन् ।
Advertisement
काँग्रेसको १४औँ महाधिवेशनको हिजो भृकुटीमण्डपमा उद्घाटन भएसँगै आज निर्वाचनको प्रकृया अन्तर्गत उम्मेदवारी दर्ताको कार्यसूची अनुसार सापकोटाले दर्ता गराएका हुन् ।
उनले केन्द्रिय सदस्य (खस आर्य पुरुष ) तर्फ बाट उम्मेदवारी दिएको र सवै प्रतिनिधिहरुको सहयोग र अमुल्य मत प्रदान गरी विजयी गराइदिन अनुरोध गरेका छन् ।
महाधिवेशनको उद्घाटनका दिन फ्री वाइफाइको सेवा दिएर चर्चा बटुलेका सापकोटा नेपाल विद्यार्थी संघको राजनीति हुँदै पार्टीको केन्द्रीय सदस्य सम्म पुग्ने यात्रामा रहेका हुन् ।



