×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

भोलिदेखि हाकीमचोकमा रेनोको कार्नीभल,सवै ब्राण्डका कारको फ्रि चेकअप, गाडि खरिदमा नगद छुट


  •   शनिबार, मङि्सर २५, २०७८
  • चितवन । एडभान्स अटो मोवाइल्स प्रालि काठमाण्डौले भोलिदेखि चितवनको भरतपुरमा रेनो कार्नीभल गर्ने भएको छ । कम्पनीले हिजो पत्रकार सम्मेलनगरी सो जानकारी दिएको हो ।

    Advertisement

    रेनोको आधिकारीक विक्रेता रहेको प्रालिले भरतपुरको हाकीमचोक नजिकै रहेको शाखा युनाइटेड अटो कन्सर्न प्रालिमा सो सेवा सुरु हुने भएको हो । भोलिदेखि अर्थात मंसिर २६ देखि २८ गतेसम्म संचालन हुनेछ ।


    जेनरल म्यानेजर अधिर कुमार श्रेष्ठले पहिलो पटक यो कार्यक्रम गर्न लागिएको र नारायणगढ, बुटवल,भैरहवा र पोखरामा उक्त कार्नीभल गरिने बताए । उक्त सानो मेलामा करिव ५ हजार दर्शकले भिजिट गर्ने अपेक्षा रहेको उनको भनाई छ । उक्त कार्नीभलमा सवै व्राण्डका कारहरुको निशुल्क परीक्षण, धुलाई सहित स्पटमै कारको भ्यालुयसन गरी नयाँ कार खरिद गर्न सक्ने श्रेष्ठको भनाई छ ।

    साथै यो समय रेनो ब्राण्डका जुनसुकै कार खरिद गरेपनि भारी नगद छुटको सुविधा रहेको र करिव २५ वटा जति कार विक्रि हुने आशा रहेको श्रेष्ठले बताए । साथै फुड स्टल समेत रहने र कफी चियाको प्रयोग सहित रेनो ब्राण्डका कारहरुको सवै विवरण लिन सकिने बताए । उनका अनुसार रेनो विश्वकै दोस्रो पुरानो अटोमोवाइल्स हो । करिव १ सय वर्षदेखि सेवा दिइरहेको छ । तर नेपालमा भने सन् २०१६ अगष्ट देखि कार विक्री सुरु भएको श्रेष्ठले बताए ।

    अहिले नेपालमा रेनोको डष्टर,क्वीड, ट्राइवर लगायतका कार विक्रि भइरहेका छन् । पूर्वमा विर्तामोड देखि पश्चिममा धनगढी सम्मका मुख्य सहरमा यसको शाखा रहेको उनले बताए । डे वान देखिनै थ्री वान सर्भिस दिएको बताउँदै यसमा रहेको फिचर र सेल्सपछिको सर्भिसले ग्राहक आकर्षीत रहेको उनले दावी गरे। कोरोनापछि अझ बढी यसको माग बढेको र एउटै सोरुमबाट विक्रि, मर्मत को सेवा दिइदै आएको श्रेष्ठले बताए । अहिलेको कार्नीभलमा क्वीड र ट्राइवर कारलाई बिक्रीका लागि  बढी जोड दिएको बताए ।


    हिरामणी तिमिल्सेनाले विक्री भन्दापनि ग्राहक प्रति कम्पनीको उत्तरदायित्व महसुस गरेर यो कार्यक्रम गर्न लागिएको बताए । यो कार्नीभलमा एक्सचेन्ज एण्ड भ्यालुएसन, नगद छुट, फ्री वास, टच एण्ड फिल गराउन टेष्ट ड्राईभको सुविधा दिने र टेष्ट ड्राइभ गर्नेहरुवीच गोलाप्रथाबाट आकर्षक गिफ्ट ह्याम्फर समेत उपलब्ध गराउने जेनरल म्यानेजर श्रेष्ठले जानकारी दिए ।

    चितवन सहित देशभर १६ वटा शाखाले रेनो ब्राण्डका कार विक्री गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.