चितवन । देशमा एकपछि अर्को राजनीतिक दलहरुको महाधिवेशन चलिरहेको छ । नेकपा एमालेले करिव ७ लाख आएको भनिरहेको छ भने काँग्रेसले कति भन्ने हो पर्खाइएको विषय छ । आज भृकुटी मण्डपमा उसले आफ्नो १४ औँ महाधिवेशन उद्घाटन गरेको छ । तर देशमा भने कोभिड संक्रमित थपिनेक्रम रोकिएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १० हजार ४८७ जनाको ९पीसीआर र एन्टीजेन० परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १९ हजार ५१४ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५५२ पुगेको छ भने ८ लाख ६ हजार २३७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९९७ जना रहेका छन् । जसमध्ये ५ हजार ७२० जना होम आइसोलेसनमा रहेका छन् भने २७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११५ जना आईसीयू र ३१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २३ जना कोरोना संक्रमित थपिएका छन् ।