×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

स्मार्ट सीटीको अभियानमा गैँडाकोट : ३ हजार परिवारले सेवा लिनेगरी फाइबरको क्षमता बढाइयो


  •   शुक्रबार, मङि्सर २४, २०७८
  • नवलपुर, मंसिर २४ । नवलपुरको गैँडाकोट नगरपालिकामा स्मार्ट सीटीको अभियान जारी रहेको नगरप्रमुख छत्रराज पौडेलले बताएका छन् ।

    Advertisement

    पौडेलका अनुसार अहिले फाइल बोकेर गाउँगाउँबाट आउनुपर्ने वाध्यता हटेको भन्दै अव फाइवर सेवा जनताको घरमा पुर्याउने गरी काम भइरहेको नगरप्रमुख पौडेलको भनाई छ । छिटो छरितो र उच्च गतिमा इन्टरनेट सेवा दिने, एउटै लाइनबाट नेट, टेलिफोन र टेलिभिजन हेर्न पाउने सेवा लिन सकिने भएकाले यसको प्रयोग र विस्तारमा जोड दिएको उनको भनाई छ ।

    २०७७ जेठ २० गतेबाट गैँडाकोटमा फाइवरको सेवा दिन थालिएको हो । नेपाल टेलिकम गैँडाकोटका कार्यालय प्रमुख अर्जुन कुमार लामिछानेका अनुसार हालसम्म ३२० जना परिवारले यो सेवा लिएका छन् ।

    २०६० साल अघिसम्म भरतपुरबाट तानिएको लाइनबाट यहाँ टेलिफोन सेवा उपलब्ध गराइन्थ्यो । ०७८ यरिया कोड भएपनि चितवनको यरिया कोड ०५६ कै लाइन चलाउनुपर्ने वाध्यता रहेको थियो ।

    त्यसपछि नवलपरासीबाट नवलपुर भएसँगै यरिया कोड ०७८ बनाइएको हो । त्यसपछि पछिल्लो समय विकसीत प्रविधि र छिटो इन्टरनेट संचालन हुने फाइबर नेटको सेवा दिन सुरु भएको हो । २०७६ सालको अन्तिमतिर गैँडाकोटमा फाइवरको नेटवर्क विच्छाउने काम सुरु भएको गैँडाकोटका प्रमुख लामिछानेले बताए ।

    फाइवरको नेटवर्क विच्छाएपछि २०७७ जेठ देखि ग्राहकको घरमा फाइवरको सेवा दिन थालिएको थियो । सुरुमा गैँडाकोटको वडानम्वर १, २ मा सेवा दिन थालेको टेलिकमले पछिल्लो समय वडानम्वर ५, ६, ८ नम्वरका जनतालाई सेवा दिन थालिएको र नेटवर्क विच्छाउने काम समेत जारी छ । तर नारायणगढ बुटवल सडक खण्ड विस्तारको काममा भएको ढिलाइले काम गर्न कठिन भइरहेको लामिछानेले बताए । सडक आयोजनाले पोलको काम जतिसक्दो चाँडो सक्छ त्यतिनै छिटो सेवा दिन सकिने उनको भनाई छ ।

    अन्य इन्टरनेट सेवा भन्दा यो सेवा बढी प्रभावकारी रहेको र एउटै लाइनबाट नेट,इन्टरनेट, टेलिफोन र टेलिभिजन समेत चलाउन सक्नेगरी सेवा लिन सकिने भएकाले सेवाग्राहीहरुको संख्या बढ्दै गएको लामिछानेले बताए ।

    एडिएसएलकै खर्चमा हाइ स्पीड इन्ेटरनेट फाइवरबाट लिन सकिने उनले बताए । एडिएसलबाट नेट जडान हुँदा अधिकतम चार सम्मको स्पीड गएपनि अहिले भने कम्तिमा ८ एमपीपीएसको नेट जडान हुने र टेलिफोन सेवा समेत प्रयोग गर्न पाउने सुविधा छ । गैँडाकोटमा अधिकतम ४२ एमपीपीएस सम्म क्षमताको फाइवर सेवा ग्राहकले लिएको रेकर्ड छ ।

    नेपाल टेलिकम गण्डकी प्रादेशीक निर्देशनालयका बरिष्ठ इन्जिनियर रामचन्द्र पोख्रेलले गैँडाकोट कार्यालयमा पहिले २ वटा एपीसी रहेकोमा अहिले ४ वटा एपीसी थपेर ६ वटा एपीसी जडान भएको र यसले ३ हजार परिवारलाई सेवा दिन सकिने बताए । आगामी दिनमा २० वटा एपीसी जडान गरी १० हजार परिवारलाई पुग्ने गरी क्षमता विस्तार गर्ने उनको भनाई छ । नगरप्रमुख पौडेलले आफूले पनि राज्यले उपलब्ध गराएको फाइवर सेवा जडान गर्ने र अन्यलाई पनि यही सेवा प्रयोग गर्न सुझाव दिने बताए । सरकारले जनताको आवश्यकतालाई हेरी नयाँ र उच्चतम प्रविधिबाट सेवा दिनेकार्य सकारात्मक भएको र गैँडाकोटका बजारी क्षेत्रका सवै वडामा पुग्ने गरी काम भइरहेको नगरप्रमुख पौडेलको भनाई छ ।

    बरिष्ठ इन्जिनियर पोख्रेलका अनुसार विश्वकै राम्रो गुणस्तरको इन्टरनेट सेवा दिन सकिने फाइवर नेपालमा भित्राएको भने जम्मा पाँच वर्ष भएको र गैँडाकोटमा गएको वर्षदेखि फाइवर टु द होम सेवा सुरु भएको हो । पहिला कपर प्रविधि थियो जहाँ टेलिफोन र इन्टरनेट दिने गरिन्थ्यो । फाइवरको सेवामा टेलिभिजन समेत दिन थालिएको गत वर्षदेखि हो ।
    गण्डकी प्रदेशको ११ वटै जिल्लामा फाइवर सेवा पु्र्याइएको र पछिल्लो समय मनाङमा जडान गरिएको थियो ।

    कान्छो लेखा कार्यालय कावासोती मातहत रहेर नवलपुरको गैँडाकोट सहित प्रगतिनगर,अरुण खोला रजहर ,त्रिवेणी लगायतका ठाउँमा समेत फाइवरको सेवा विस्तार गरिने उनको भनाई छ । कोरोना महामारीका कारण रोकिन गएपनि यो वर्ष कामलाई तीव्र पारेको उनले बताए । फाइवर सेवा जडान गरी सेवा लिन आग्रह गर्दै उनले बजारका अन्य इन्टरनेट सेवा प्रदायकको भन्दा सस्तो दरमा सेवा दिएको उनको भनाई छ ।

    राष्ट्रको सम्पती र व्यक्तिले तिर्ने रकम सरकारी कोषमा समेत जाने भएकाले फाइवरनै प्रयोग गर्न उनको सुझाव छ ।
    नेपाल टेलिकम गण्डकी प्रादेशीक निर्देशनालयका असिस्टेण्ट टेक्निकल अफिसर मोहन सुवेदीले फाइवरको उपभोगबाट सेवाग्राही सन्तुष्ट रहेको बताए । हालसम्म कुनै गुनासो नआएको उनले बताए ।

    कपरबाट सेवा जाँदा सीमित गति हुँदा सेवाग्राही घाटामा हुन्थे भने अहिले फाइवरबाट आफूलाई आवश्यक अनुसारको सुविधान लिन सकिने उनको भनाई छ । यो वर्ष फाइवर वर्षको रुपमा घोषणा भएकाले यसको प्रयोग बढाउदै लैजाने कार्यमा आफूहरु रहेको बताए ।

    २ वर्षको समय धेरैनै कामहरु भएको र धौलागिरी अञ्चलमा कपरका सेवा पुरै हटाएर फाइवर सेवा लिइसकेको उनले बताए ।
    एउटा ग्राहकले जोडेर सेवा लिँदा पाएको सन्तुष्टीले अर्को ग्राहकलाई भनेपछि आफै बजारीकरण भइरहेको उनको भनाई छ । मूल्य, गुणस्तर र सेवा सवैमा सन्तुष्टी रहेको उनले बताए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.