चितवन । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् । आज शुक्रबार नेपाल सुशासन पार्टी नामक नयाँ दल घोषणा गर्ने उनले बताए। खरेलले आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल घोषणा गर्न लागेका हुन् ।
Advertisement
राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै आएका खरेलले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताएका हुन् ।