चितवन । लमजुङमा अाज भएकाे दुर्घटनामा मृत्यु हुनेहरुकाे सनाखत भएकाे छ । मर्स्याङ्दी गाउँपालिका–२ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटनाका मृतकहरुको सनाखत भएको छ।
मृत्यु हुनेमा कपिलवस्तु घर भएका सोही विद्यालयका शिक्षक कमल राना, भलामचौरका विद्यार्थी प्रमिसा गुरूङ र सेग्लेका गणेश भण्डारी रहेका प्रहरीले जनाएको छ। विद्यार्थीलाई घुमाउन भुष्मे गाउँतर्फ लैजाँदै गर्दा ग १ ज ६३१७ नम्बरको जीप सडकबाट डेढ सय मिटर तल खसेको थियो। लमजुङ प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार जीपमा सवार ९ जना घाइते भएका छन्।
दुघर्टनाका मृतक र घाइतेलाई जिल्ला अस्पताल लमजुङमा ल्याइएको डिएसपी कार्कीले बताए । उनका अनुसार दुई जना घाइतेलाई थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ। गणेश माविको कक्षा ७ र ८ का विद्यार्थी बोकेर दुई वटा जीप भुष्मे गाउँतर्फ लागेको थियो।
Advertisement