चितवन । लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मे नजिकै ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भयको छ भने ६ जना घाइते भएका पत्रकार शान्ता कवलीले जानकारी दिनुभयो ।
Advertisement
मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका २ मा रहेको गणेश माविका एक शिक्षक र एक छात्र रहेको बताइएको छ । साथै अर्का एक स्थानीयको पनि मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन । तीनै जनाको पहिचान भएको छैन ।
लमजुङ जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण बहादुर कार्कीले अहिले घाइतेको उद्वारका लागि घटनास्थलतर्फ जाँदै गरेको बताउनुभयो । प्रहरीका अनुसार उक्त जिप मर्स्याङ्दीको स्थानीय कच्ची सडक हुँदै सिमपानीबाट पिस हिलतर्फ जाँदै थियो ।
थप विवरण आउन वाँकी छ ।



