चितवन । भरतपुर महानगरपालिकाले आवास कार्यक्रम अन्तरगत २०७७÷७८ को बजेटबाट वडा नं २७ र २८ मेघौली ददेनीको मुसहर वस्तीमा आवास निर्माण गरेको छ । नवर्निमित सामुहिक आवासलाई आज हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै मेयर रेनु दाहालले चुनाबी अभियानकै क्रममा यहाँको मुसहरको दयानिय अवस्था देखिपछि आफुले जनताको आधारभुत आवश्यकता अनुसार घर बनाइदिने अठोट लिएको बताइन् । सोही प्रतिवद्धता अनुसार आज काम पुरा भएको र घर हस्तान्तरण गर्न पाउदा निकै खुसी लोगेको बताइन् ।
कार्यक्रममा बोल्दै घर निर्माण उपभोक्ता समितिका संयोजक टिकाराम भुषालले २३ लाखको बजेटले पक्की घर, भान्सा, टवाईलेटसहित दुई कोठा निर्माण गरिएको बताए । उनले नगर प्रमुख रेनु दाहालले फिल्डमै आई यहाँको बस्तीको अवस्था बारे विस्तृत जानकारी लिएको बताए । यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादी वडा नं २७ का अध्यक्ष मोतीराम भुषालले जनतालाई बोलेको बाचा पुरा गरेकोमा मेयर दाहाललाई धन्यावाद दिए ।
नयाँ घर पाएपछि चितवनको मुसहर समुदायमा खुशी छाएको छ । भरतपुर महानगरपालिकाले नयाँ घर बनाएर हस्तान्तरण गरेपछि चितवन वडा नम्बर २७ र २८ का ६ घर मुसहर परिवारमा खुशीयाली छाएको हो ।
सुनिता मुसहरले घर बिहिन भएका आफुहरु घर पाउँदा खुुसी भएको बताइन् ।‘बस्ने टहरासमेत राम्रो थिएन,आज धेरै खुसी छु मेयर रेनु दाहाल भगवान बनेर आउनुभयो, घर बनाइदिनुभयो उनले भनिन् ।’
टुलिय मुसहरले पनि घर पाएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्‘ पहिला कस्तो दुखमा बसेका थियौँ अहिले धेरै राम्रो भएको छ खुसी लागेको छ ।’ दीपक मुसहरले माछा मारेर भएपनि बिहान बेलुका पेट पाल्ने गरे पनि बस्ने घर नहुदाँ थप कष्टकर जीवन बिताउन परेको बताए । अहिले घर पाउँदा आफुहरु खुशी भएको बताउदै मेयर रेनु दाहाललाई धन्यवाद दिए ।
कार्यक्रममा दीपक मुसहर, शम्भु मुसहर,राजु मुसहर,गेडह मुसहर र पत्रुस मुसहरलाई घर निर्माण गरि हस्तान्तरण गरिएको हो। राज कुमार मुसहरको परिवारलाई भने गत बर्ष नै हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा मेघौली मध्यवर्ती उपभोक्ता समितिका पुर्व अध्यक्ष श्यामप्रसाद अधिकारी, बर्दाहा सामुदायिक वनका अध्यक्ष सोम महत्तो लगायतको रहेको थिए