×
मङ्गलबार, जेठ ०७, २०८२
☰
मङ्गलबार, जेठ ०७, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैँडाकोटको अक्सफोर्ड कलेजलाई अर्को अन्तराष्ट्रिय अवार्ड, हालसम्म १८ अवार्ड प्राप्त


  •   बुधबार, मङि्सर २२, २०७८
  • नवलपुर (गैँडाकोट), मंसिर २२ । करिव २२ सय विद्यार्थीहरुलाई पढाउँदै आएको अक्सफोर्ड कलेजले अर्को एक अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ । गैँडाकोट २ मा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट यस वर्षको उत्कृष्ट कलेजमा छनौट भएर स्वर्ण पदकबाट पुरस्कृत हुन सफल भएको कलेजले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
    कलेजका प्रिन्सिपल हरि भण्डारीले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिँदै स्वीजरल्याण्डमा रहेको यूरोपियन सोसाइटी फर क्वालिटी रिसर्च (इएसक्यूआर) नामक संस्थाले ‘द क्वालिटी एचिभमेन्ट अवार्ड २०२१’ बाट सम्मान गर्ने भएको हो ।
    उक्त संस्थाले कलेज वा संघसंस्थाले आवेदन दिएर र आन्तरिक मूल्याङ्कन गरी दुई विधिमार्फत उत्कृष्ट छनौट गर्ने र अक्सफोर्ड आन्तरिक मूल्याङ्कन मार्फत सो अवार्ड प्राप्त गर्न सफल भएको भण्डारीले बताए । यो अवार्ड पाएसँगै कलेजले हालसम्म १८ वटा अवार्ड प्राप्त गर्ने उनको भनाई थियो ।
    इएसक्यूआरले अभिमत सर्वेक्षण, उपभोक्ताको विचारहरुको अनुसन्धान र बजार अध्ययनको आधारमा पुरस्कार पाउने संस्थाहरुको छनौट गर्नेगर्दछ ।
    विश्वभर ८३ वटा उत्कृष्ट छनौट गरेको संस्थाको १३ नम्वरमा अक्सफोर्ड कलेज रहेको छ । अवार्ड लिन मंसिर २३ गते प्रिन्सिपल प्राध्यापक इन्जिनियर हरि भण्डारी सहित १६ जनाको टोली जाने तयारी रहेको कलेजले जानकारी दिएको छ ।
    अवार्ड डिसेम्वर ११ तारिखमा दुवइको होटलमा हुने बताइएको छ । यो अवार्ड प्राप्त गर्ने कलेज नेपालमै पहिलो भएको र यसले कलेजको मात्र नभई देशकै गरिमा बढाएको उनको दावी थियो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.