नवलपुर । नवलपुरमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मृत्यु हुनेमा कावासोती नगरपालिका,१५ शेरगञ्ज बस्ने ६५ वर्षका रेशमलाल महतो रहेका छन् ।
Advertisement
बुधबार दिउँसो दुई बजेतिरको समयमा आफ्नै घर नजिकै रहेको चउरमा बसीरहदा महतोलाई गैंडाले एक्कसाी आक्रमण गरेर गम्भिर घाईते बनाएको थियो ।
घाईते महतोको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।



