×
शुक्रबार, जेठ ३१, २०८२
☰
शुक्रबार, जेठ ३१, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

केवीए ग्लोवल वन्यो वार्षिक ८ लाख दिनेगरी भरतपुर फुटवल क्लवको स्पोन्सर


  •   बुधबार, मङि्सर २२, २०७८
  • चितवन । केवीए ग्लोवल प्रालिले भरतपुर फुटवल क्लवलाई स्पोन्सर गरेको छ । भरतपुरको लायन्सचोकमा रहेर अष्ट्रेलियाका लागि विद्यार्थी पठाउँदै आएको केवीए ग्लोबलले कर्पोरेट उत्तरदायित्व सम्झिएर खेल क्षेत्रको उन्नती र विकासका लागि स्पोन्सर गरेको सीइओ शम्भु कडेँलले बताए । केवीए ग्लोवलले अष्ट्रेलिया सहित क्यानडा,अमेरिका,यूके, न्युजिल्याण्डमा समेत विद्यार्थीलाई उच्च शिक्षाका लागि पठाउने गर्दछ ।

    Advertisement

    वार्षिक ८ लाख दिने सहमति पत्रमा हस्ताक्षर गरी आजबाट स्पोन्सर सुरु भएको हो । प्रालिका सीइओ सम्भु कडेँल, नेशनल म्यानेजर उत्तम सापकोटा,क्वलका अध्यक्ष लालसीङ गुरुङ, एन्फा चितवनका महासचिव रामहरी ढकाल लगायतले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


    अध्ययनका लागि विद्यार्थीलाई अष्ट्रेलिया पठाउँदै आएको ग्लोबलले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व वहन गर्दै तीन वर्षका लागि स्पोन्सर गरेको सीइओ कडेँलले बताए । खेलले मानिसलाई स्वास्थ्य बनाउनेदेखि अनुशासन सिकाउने र राष्ट्रलाई चिनाउने महत्वपूर्ण माध्यम भएकाले स्पोन्सर गर्न तयार भएको उनको भनाई थियो । आफूहरुको सहयोगपछि भरतपुर फुटवल क्लवले अझ बढी सफलता प्राप्त गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

    ग्लोवलको डार्विनमा आफ्नै केबीए ग्लोवल क्रिक्रेट क्लव समेत रहेको र त्यहाँ पनि एक दर्जन बढी स्पोर्टस क्लवहरुलाई स्पोन्सर गर्दै आएको नेशनल म्यानेजर उत्तम सापकोटाले बताए । त्यस्तै बाढी पहिरो पीडित, कोभिड महामारी लगायतमा समेत आर्थिक सहयोग गर्दै सामाजिक दायित्नव वहन गर्दै आएको उनको भनाई थियो ।

    सहमति पत्रमा हस्ताक्षर पछि बोल्दै एन्फा चितवनका महासचिव रामहरी ढकालले जिल्लाबाट डिभिजन सी सम्म खेल्ने क्षमता बनाएको एक मात्रै फुटवल क्लव भरतपुर भएको बताए । कर्पोरेट सँगै खेल क्षेत्रमा गरेको लगानी खेर जान नदिनेगरी खेलाडीहरुलाई तालिम, प्रशिक्षण गर्ने उनको भनाई थियो । चन्दाका रुपमा धेरैले सहयोग गरेपनि लाखौँ रकमसहितको स्पोन्सर गरेको ग्लोवल मोफसलमा पहिलो भएको समेत बताए ।

    क्लवका कोच ध्रव भुषालले अव तीन वर्ष भरतपुर फुटवलले क्लवले धेरै मेहनत गर्ने बताए । खेलाडीहरुलाई भत्ता, तालिम, उनीका लागि खेल सामाग्री लगायतका क्षेत्रमा खर्च गर्ने बताउँदै लगानीको प्रतिफल दिने बताए । हालसम्म देशभरका गोल्डकपमा सहभागी हुँदै ६ वटा खेलमा फाइनल सम्म पुगेको बताउँदै आगामी दिनमा विजेता वन्नेगरी तयारीमा लाग्ने बताए । ग्लोवलको सहयोगले ठूलो राहत मिलेको उनको भनाई थियो ।

    सो अवसरमा केवीए ग्लोवल लेखिएको जर्सी समेत सार्वजनिक गरिएको थियो । यस अघि भरतपुर फुटवल क्लवलाई सेन्ट्रल कलेजले स्पोन्सर गर्दै आएको थियो ।

    २०५८ सालमा स्थापना भएको भरतपुर फुटवल क्लवसँग अहिले करिव २५ जना खेलाडी रहेका छन् । खेलक्षेत्रबाट चितवनलाई चिनाउन अग्रणी भूमिका खेलको क्लवले केही समय अघि मात्रै सी डिभिजन खेलेको थियो ।

    कार्यक्रममा क्लवका सचिव रोमश पाण्डे, नेपाल खेलकुद पत्रकार मञ्च नेपालका अध्यक्ष विनोदवावु रिजाल, महासचिव दिपेन्द्र अधिकारी, चितवन जिल्ला फुटवल संघका सदस्य गोपाल लामा लगायतको उपस्थिती रहेको थियो ।

     

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.