×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

‘१४ वर्ष जेसीजमा रहेँ, अव अध्यक्षमा रहेर योगदान गर्नेछु’


  •   मङ्गलबार, मङि्सर २१, २०७८
  • नवलपुर । युवाहरुमाझ लोकप्रिय मानिएका जेसी गोकुल सापकोटाले नेपाल जेसीजको वर्ष २०२२ का लागि राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी दिने पक्का भएको छ । त्यो सँगै जित हासिल गर्न प्रचारप्रसारलाई उनले तीव्र बनाएका छन् ।

    Advertisement

    देशभरका शाखा तथा जेसीलाई अध्यक्षमा आफूलाई निर्वाचित गराउन उनले आग्रह समेत गरेका छन् । देशकै कान्छो जिल्ला नवलपुरको गैँडाकोटमा २०३९ साल भाद्र १८ मा जन्मिएका सापकोटा जेसीजमार्फत धेरै सामाजिक कार्यहरु गर्दै आइरहेका छन् ।

    युवालाई राष्ट्र र राष्ट्रियतासँग जोड्दै मानसिक क्षमताको विकासमा आफू लाग्ने जेसी सापकोटाले बताउँदै आएका छन् । सकारात्मक चेत र सोँच भएका युवाले मात्रै परिवार, समाज र देश परिवर्तन गर्न सक्ने भन्दै आफूले नेतृत्व गर्ने अवसर पाएपछि देशभरका १६१ जेसीज शाखा मार्फत युवाहरुलाई आवश्यकता अनुसारको तालिम दिने उनले बताए । नेपाल जेसीजकै खर्चमा युवाहरुलाई तालिम दिएर दक्ष गराउने योजना रहेको उनको भनाई छ ।

    तालिम र उत्प्रेरणा दिएर युवाहरुलाई देशको विकास तथा राष्ट्रियताको संरक्षणमा लाग्नेगरी काम गर्ने बताएका सापकोटाले जेसीजमा आवद्ध १८ देखि ४० वर्षका युवाहरुको आकर्षणकै केन्द्रविन्दु बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    ‘राइज फर हुमन डेभलपमेन्ट एण्ड ग्लोवल लिडरसीप’ भन्ने थीमलाई बोकेर अध्यक्ष पदका लागि मैदानमा उत्रिएका जेसीसापकोटाले अवको नेपाली युवाले अन्तराष्ट्रिय तहमा नेतृत्व गर्न सक्ने क्षमता विकास गराउनुपर्ने बताए । आफू अध्यक्षमा निर्वाचित हुनासाथ उक्त मूल उद्देश्यलाई लिएर काम गर्ने उनको भनाई छ ।

    देशभर जेसीजको फैलावट हुनुपर्ने र युवा तथा अभिभावकको समेत चासो जेसीज संस्थामा गराउने गरी आफूले कार्यक्रम र योजना ल्याएको सापकोटाले बताए ।

    १८ देखि ४० वर्षका युवाहरु आवद्ध संस्थामा रहेको वेथिती र समस्यालाई समाधान गर्ने बताएका सापकोटाले सवैलाई समान व्यवहार गर्ने बताए । कोभिड १९ को महामारी, बाढी पहिरो भुकम्प लगायतको समय नेतृत्व दायी भूमिका खेलेर युवाहरुलाई राहत,उद्दार तथा सामाजिक कार्यमा सक्रिय गराउदै हिँड्ने सापकोटा सफल नेतृत्वतर्फ अग्रसर भएका युवा मानिन्छन् । उनले भने,“जेसीजले धेरै युवाहरुलाई प्रशिक्षित गरिरहेका छ । तर ती युवाहरुलाई राज्यले परिचालन गर्न सकेको छैन । अव राज्य र युवावीच तालमेल हुनुपर्छ जुन मेरो नेतृत्वमा पहल गर्नेछु ।”

    सन् २००७ मा गैँडाकोट जेसिजको संस्थापक सदस्य भएका उनी सन् २०१८ मा गैँडाकोट जेसीजको अध्यक्ष भएका थिए । सन् २०१९ मा राष्ट्रिय उपाध्यक्ष, सन् २०२० मा राष्ट्रिय कार्यकारीणी उपाध्यक्षको जिम्मेवारी कुशलापूर्वक निभाइसकेका छन् ।

    राष्ट्रिय उपाध्यक्ष हुँदा जेसीज शाखाहरुको भवन निर्माण गर्दा केन्द्रले आर्थिक सहयोग गर्नुपर्ने र जेसीजले राष्ट्रियताको मुद्दालाई समेत प्राथमिकतामा राख्नुपर्ने प्रस्तावलाई निर्णय गराउन सफल भएका थिए ।

    जेसीजमा करिव १४ वर्षको अनुभवलाई अव अध्यक्ष पदमा रहेर सोही अनुभवलाई प्रयोग गर्दै जेसीजलाई थप उचाईमा पुर्याउने उनले बताए । जसको नीति उसकै नेतृत्व हुनुपर्नेमा जोड दिएका सापकोटा राष्ट्रिय अध्यक्षमा निर्वाचित हुने बताउँछन् ।

    अहिले राष्ट्रिय कानुनी सल्लाहकारको भूमिकामा रहेका उनले भने,“देशभरका जेसीहरुलाई भेटेँ । आफ्नो भावि कार्यक्रम र योजना राखेँ । सवैले साथ दिने बाचा गर्नुभएको छ ।”

    नेपाल जेसीजको ४८औँ राष्ट्रिय महाधिवेशन पुष १ देखि ४ गतेसम्म पोखरामा हुँदैछ । जसले वर्ष २०२२ का लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.