नवलपुर । मंसिर २४ देखि नेपाली काँग्रेसको १४ औँ महाधिवेशन सुरु हुँदैछ । उक्त तयारीसँगै जिल्ला तहमा पनि कुन पदमा उम्मेदवारी दिने भन्ने तयारीमा नेताहरु छलफलमा छन् । कतिपयले आफ्नो उम्मेदवारी घोषणा गरीसकेका छन् ।
त्यस्तै नेपाली काँग्रेस नवलपुरबाट पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा नेताहरु जुटेका छन् । देशकै कान्छो जिल्ला नवलपुरबाट सात जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका हुन् । जसमा हालका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नेता विष्णुकुमार कार्की, ओमबहादुर घर्ती ( ओम थापा), विष्णुदेवी पाण्डे, सिता पाण्डे देवकोटा,शंकर तिवारी र गणेश सापकोटा रहेका छन् ।
Advertisement




