नवलपुर । नेपाली काँग्रेसको १४औँ महाधिवेशन मंसिर १४गतेदेखि सुरु हुँदैछ । काँग्रेसले महाधिवेशनको तयारी तीव्र बनाएको छ । नयाँ नेतृत्व चयनका लागि २ सय ९३ वटा बुथबाट मतदान हुने भएको छ ।
२ सय ९३ वटा मतदान बुथ राख्ने र मतदानको व्यवस्था मिलाइने काँग्रेसले जनाएको हो । १४ औं महाधिवेशन प्रचार प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माका अनुसार २ सय ९३ वटा मतदान बुथ र १ हजार वटा मतपत्र खसाल्ने बक्स हुने छ।
बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रिया सुरु हुने छ । मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुने शर्माले बताए । २४ गते दिउसो १ बजे उद्घाटन हुने १४ औँ महाधिवेशनले नेतृत्वसहित केन्द्रीय पदाधिकारी र सदस्य चयन गर्नेछ । महाधिवेशनवारे सभापति शेरवहादुर देउवाले समेत व्रिफीङ गरिसकेका छन् । आफू पुन सभापतिमा उठ्ने र अझै राम्रो काम गर्ने बताएका थिए ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमार्फत सातमध्ये ६ वटा प्रदेशमा काँग्रेसले प्रादेशिक संरचना निर्माण गरेको छ । प्रदेश २ मा भने अधिवेशन हुन बाँकी छ । संघीयता सहितको संविधान निर्माण भए यता काँग्रेस पहिलो पटक प्रादेशिक संरचनामा गएको हो ।
महाधिवेशनमा खान र बस्नका लागि करिब साढे तीन करोड खर्च लाग्ने अनुमान गरिएको छ ।आवासका लागि ४५ सय बढी बेडको व्यवस्था गरिएको छ ।
मंसिर २४–२७ मा काठमाडौंको भृकुटीमण्डपमा हुने महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका लागि गाँस र बासको व्यवस्थापन मिलाइसकिएको भोजन तथा आवास व्यवस्थापन समितिका संयोजक सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।काँग्रेसले महाधिवेशन प्रतिनिधिका लागि काठमाडौंका करिब ८ सय वटा होटलहरू बुकिङ गर्ने भएपछि उपत्यकाका होटल व्यवसायीहरूको बिजनेस चम्कने भएको छ । पाण्डेका अनुसार काँग्रेस महाधिवेशन प्रतिनिधिलाई २३ गतेदेखि २७ गतेसम्म आवास र २४ गतेदेखि भोजनको व्यवस्था मिलाएको छ ।



