बैतडी । बैतडीमा से १ ज ८८८ नम्बरको जीप दुर्घटनामा परेको छ । प्रहरीका अनुसार दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।
सुर्नया गाउँपालिका -१ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा बिक, पाटन नगरपालिका-१ का १३ वर्षीय बिनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराईको मृत्यु भएको हो ।मनीषा र प्रेम १० दिनअघि मात्रै विवाह बन्धनमा बाँधिएका बताइएको छ । उनीहरू घरबाट माइती फर्कंदै गरेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते उनीहरूको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ केन्द्रमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये अन्य ५ जनाको पाटन र गम्भीर घाइते एक जनालाई डडेल्धुरा रेफर गरिएको छ।
सोमबार साँझ पाटन बजारबाट सोही नगरपालिका -१ को सकारतर्फ जाँदा दुर्घटना भएको हो ।जीपमा चालकसहित ११ जना सवार थिए। तर जीप चालक भने फरार छन्। दुर्घटनाको कारण खुलेको छैन ।



