चितवन । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ७९७ जनाको ९पीसीआर र एन्टीजेन० परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।
Advertisement
पछिल्लो २४ घण्टामा थप ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ४० पुगेको छ ।
आज देशभर १ लाख ३० हजार ६ सय ८८ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।