चितवन । कोभिड १९ को संक्रमणपछि उपचार गराएर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा डिस्चार्ज भएका छन् । उनले सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा चार दिन उपचार गराएका थिए । आज शुक्रबार बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
Advertisement
कोभिड निमोनिया भएपछि १३ मंसिरमा उनी अस्पताल भर्ना भएका थिए । अस्पतालले विज्ञप्ति जारी गर्दै जबराले ‘स्वास्थ्य लाभ गरेको’ बताएको छ ।
जबराको पिसीआर रिपोर्ट नेगेटिभ आए नआएको चाहिँ खुलाइएको छैन । प्रधानन्यायधीश चोलेन्द्र शमसेर विरामी हुँदा छलफलमा जुटेको नेपाल बारले आगामी दिनमा के कसरी अगाडि बढ्छ धेरैको पखाईको विषय बनेको छ । पछिल्लो समय कार्यकारी प्रमुख न्यायाधीश तोकेर काम गर्न आग्रह गरेपनि उनले आफू डिस्चार्ज भएपछि मात्रै थप निर्णय लिने बताएका थिए ।