×
शुक्रबार, जेठ ३१, २०८२
☰
शुक्रबार, जेठ ३१, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

जिल्ला निर्वाचन अधिकृतकै राजीनामा, चितवन काँग्रेसको जिल्ला अधिवेशन अनिश्चित


  •   बुधबार, मङि्सर १५, २०७८
  • चितवन,मंसिर १५ । चितवनमा काँग्रेसको अधिवेशन गराउन जिम्मेवारी लिइ आएका कमलमोहन पोखरेलले राजीनामा दिएका छन् । उनले राजीनामा दिएसँगै चितवनमा जिल्ला अधिवेशन अनिश्चित बनेको भन्दै सभापतिका उम्मेदवार सहित प्रतिनिधिहरुले विज्ञप्ती जारी गरेर सुनिश्चित गर्न माग गरेका छन् ।
    सभापति पदका उम्मेदवार कैलाश कोइराला, क्षेत्रीय सभापति भरत लामिछाने लगायत महाधिवेशन प्रतिनिधिहरुको समेत हस्ताक्षर गरी चाँडै जिल्ला अधिवेशन गर्न माग गरिएको हो । सभापति पदका उम्मेदवार कैलाश कोइराला सहित १४ जनाले संयुक्त हस्ताक्षर गरी जिल्ला अधिवेशन सुनिश्चत गर्न माग गरिएको हो ।
    काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत चितवनमा वडा, पालिका, प्रदेश तथा क्षेत्रीय अधिवेशनहरु सम्पन्न भइसकेका छन् । मंसिर १० र ११ गते जिल्ला अधिवेशन गर्ने गराउने भनिएपनि नेकपा एमालेको १०औँ महाधिवेशनका कारण सारिएको थियो । तर सारिएको मितिमा समेत अधिवेशन हुने निश्चित नदेखेपछि उनीहरुले आज प्रेस विज्ञप्ति मार्फत जिल्ला अधिवेशनको माग गरेका हुन् ।
    मंसिर १२ गते जिल्ला कार्यसमितिको बैठक बसेर सभापति जितनारायण श्रेष्ठले मंसिर १४ गते मनोनयन र १८ गते मतदानको प्रस्ताव गर्दा समेत प्रदेश अधिवेशन अगावै जिल्ला अधिवेशन गर्नुपर्ने आफूहरुको प्रष्ट दृष्टिकोण रहेको जनाइएको छ ।
    त्यसपछि पुन जिल्ला कार्यसमिति र आकाक्षिहरुवीच बैठक बसेर मंसिर १५ गते मनोनयन र २१ गते मतदान गर्ने मिति सिफारिस भएको थियो । पटक पटक मिति सार्ने र स्थगित हुने भएपछि अहिले मुख्य निर्वाचन अधिकृत कमलमोहन पोखरेलले समेत राजीनामा दिएका छन् । उनले आफू अस्वस्थ्य भएका कारण अवका अधिवेशन गराउन नसक्ने राजीनामा पत्रमा उल्लेख गरेपनि भित्रि कारण भने पटक पटकको मिति घोषणा र स्थगितनै रहेको उनीहरु बताउँछन् ।
    मुख्य निर्वाचन अधिकृतले समेत राजीनामा दिएपछि जिल्ला अधिवेशन अनिश्चित बनेको भन्दै पार्टी अधिवेशन नगर्ने र तदर्थवादमा संचालन गर्न खोजिएको भन्दै विरोध जनाइएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.