×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन


  •   शुक्रबार, मङि्सर १०, २०७८
  • चितवन, १० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन भव्य समारोहकाबीच नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।
    देशभरका ७७ जिल्ला, ७५३ पालिका र ६ हजार ७४३ वटै वडाबाट आएका लाखौँ जनता, स्वेदशी तथा विदेशी पाहुनाहरुका बीचमा एमाले अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गर्नुभएको हो । महाधिवेशन उद्घाटन हुनुपूर्व नवलपुर र चितवनका विभिन्न स्थानबाट जनप्रदर्शन गरिएको थियो । उद्घाटन अगाडि आयोजित ¥यालीमा एमाले र केपी ओलीको पक्षमा नारासमेत लगाइएको थियो ।

    Advertisement


    एमाले महाधिवेशनमा आएका नेता, कार्यकर्ता, शुभेच्छुक, प्रतिनिधि तथा पर्यवेक्षकहरुले नारायणी नदी किनार भरिभराउ भएको छ । महाधिवेशनको उद्घाटन सत्र प्रत्यक्ष रुपमा हेर्नका लागि नवलपुर र चितवनतर्फ नारायणी नदीकिनारमा ठूला ठूला एलईडी डिस्प्ले समेत राखिएको छ । महाधिवेशन उद्घाटनमा विभिन्न दलका नेताहरुले मन्तव्य राख्दै शुभकामना दिनुभएको थियो ।


    आज नारायणी नदी किनारमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भोलि र पर्सि सौराहामा हुनेछ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका लिलामणी पोखरेल,राप्रपाका कमल थापा, जनमोर्चाका चित्रवहावदुर केसी,जसपाका उपेन्द्र यादव, महन्थ ठाकुर लगायत नेताहरुले बोल्नुभएको थियो ।


    कार्यक्रममा सम्वोधन गर्दै ओलीले अवको चुनावमा एमाले बहुमतका साथ विजयी हुने र आफ्नो नेतृत्वको सरकार हुँदा पूरा गर्न वाँकी काम सक्ने बताउनुभयो । नेपालको संविधान जनताको चाहान अनुसार संशोधन हुने र नेपाली भूमि भारतसँग वार्ता गरेर फर्काउन सकिने बताउनुभयो ।
    पाँच लाख नेता कार्यकर्ता उतार्ने दावी गरेको एमालेले व्यवस्थापनमा भने केही कमजोरी देखियो । ज्यष्ठ नागरिकहरु समेत सहभागी हुन आएपनि उनीहरुलाई सहजै पहुच थिएन ।

    पर्याप्त साउण्ड सिस्टम जडान नगर्दा मोटरवोट चढ्ने स्थानदेखि नारायणीपुल तर्फको भागमा बस्नेहरुले न भाषण सुन्न पाए न डिस्प्लेमा हेर्न । केही डिस्प्ले त संचालनमा पनि आएका थिएनन् । जसले गर्दा टाढा बाट आउँदापनि मञ्चमा के भइरहेको छ भन्ने देख्न र सुन्न हेर्न नपाएको भन्दै गुनासो गरेका थिए । एमाले चितवनका अनुसार ६ लाख मानिस उपस्थित भएको बतायो । भोलिबाट सौराहामा बन्दसत्र सुरु हुँदैछ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.