मंसिर १०, चितवन ।
एकता महाधिवेशनले एउटा मात्र पार्टी अध्यक्ष चयन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले बताउनुभएको छ । एमालको १० औं महाधिवेशनमा सहभागी हुन चितवन आउनु भएका अध्यक्ष थापाले भरतपुर विमान स्थलमा पत्रकाहरुसंग बोल्दै यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘यही मंसिर १५ गते देखि १७ गतेसम्म काठमाण्डौंमा हुन गइरहेको राप्रपा महाधिवेशनको विधान प्रस्ताव अनुसार अब एउटा मात्र अध्यक्ष हुने व्यवस्था भएको छ । महाअधिवेशनले एक पार्टी अध्यक्ष लगायत केही पदाधिकारीको निर्वाचन गर्ने छ । अब तीन वटा अध्यक्ष राप्रपामा हुनेछैन् ।’ दुई राप्रपा मिलेर बनेको राप्रपामा अहिले ३ पार्टी अध्यक्ष रहनुभएको छ।
अध्यक्ष थापाले राप्रपा स्थापनाकाल देखि संबैधानीक राजसंस्था, हिन्दु राष्ट्र, संसदीय प्रजातन्त्र, मानवअधिकार प्रती प्रतिवद्ध राजनैतिक दल भएको बताउनुभयो। महाघिवेशन पछि यी एजेन्डालाई अझ बढी शसक्त ढङ्गले अगाडी बढाउने जिकिर गर्नुभयो ।
साथै उहाँले नेकपा एमालेको १० औें महाधिवेशनको सफलताको शुभकामना दिनुभएको छ । व्यक्तिगत रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रती आफ्नो सद्भाव भएपनि अबको महाधिवेशनबाट नेतृत्वमा जो आएपनि आफ्नो सुवेक्षा रहेने बताउनुभयो ।
यस्तै, न्यायलयमा देखिएको विवाद विषयमा पत्रकारहरुको जिज्ञासा मेट्दै आफुले न्यायलयको विवादलाई एकांगि रुपमा हेर्न नचाहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘न्यायलयमात्र नभई कार्यपालिका सर्वोच्च अदालतको प्रमादेशबाट गठन भएको सरकार छ । व्यवसथापिकाको कुरा गर्नेहो भने सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पून स्थापित भएपछि एक दिन पनि संसद चल्न सकेको छैन । प्रमुख प्रतिपक्षी दलको अवरोध र सरकारको अकर्मणयताको कारणले संसद गतिहिन अवस्थामा छ ।
प्रधानन्याधिशले नैतिकताको आधारमा पदमा बस्ने हैसियत गुमाइ सक्नुभएको छ । तर प्रधानन्यायधिशलाई पदबाट हटाउन संबैधानिक बाटोबाट जानुको सट्टा स्वयम न्यायाधिशहरु हड्ताल गर्ने सर्वसाधारण जनतालाई न्यायपाउने अवस्था बाट बन्चित गनर्,े अधिवक्ताहरु बहस गर्नुको सट्टा बहिस्कार गरेर आन्दोलनमा जाने स्थिति सिर्जना भएको छ । जस कारण कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका संकट ग्रस्त छ ।
यस संकटले मुलुकमा रहेको संविधान र व्यवस्थाको औचित्य माथि पनि प्रश्न चिन्ह् खडा गरेको छ ।’ यस विवादलाई एक संस्थामा देखिएको समस्याको रुपमा मात्र नहेर्न अध्यक्ष थापाले आग्रह गनुभयो । समग्र रुपमा संविधान र व्यवस्थाको पक्षमा पनि पूनर्विचार गर्न राप्रपाले आवाहान गरेको उहाँको भनाइ थियो ।