×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

आजदेखि नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन


  •   शुक्रबार, मङि्सर १०, २०७८
  • चितवन, मंसिर १० । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । उहाँ हिजै हवाइमार्गबाट चितवन आइसक्नुभएको छ । महाधिवेशनमा भाग लिन प्रतिनिधिहरु हिजोदेखि चितवन आउन थालिसकेका छन् । अन्य नेताहरु पनि चितवन आइपुगेको एमाले चितवनले जानकारी दिएकोछ ।
    मध्यान्न १२ बजे महाधिवेशनको उद्घाटन गरिने र पाँच लाख नेता कार्यकर्ताको उपस्थिती हुने प्रचार विभाग प्रमुख योगेश भट्टराइले जानकारी दिनुभयो । उद्घाटनपूर्व नवलपुरको गैँडाकोट र चितवनका विभन्न ठाउँ सहित ७ स्थानबाट विशाल जुलुस निकालिने भट्टराइको भनाई छ ।
    महाधिवेशनमा आउनेहरुको स्वागतका लागि जिल्लाका विभिन्न ५० ठाउँमा स्वागत गेट, व्यानर, पार्टीका झण्डा विभिन्न ठाउँमा राखेर चितवनलाई झकीझकाउ बनाइएको छ ।

    Advertisement


    महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन् । चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश आएको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा १०३ जना पर्यवेक्षक रहनेछन् । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् ।


    कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित रहेका छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी भएको प्रचार विभाग प्रमुख भट्टराईले बताए । एमाले महाविधेशन प्रतिनिधिका लागि मंसिर १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ । आज बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिने छ । मंसिर ११ गते बिहान ८.३० बजेबाट बन्दसत्र सुरु हुने कार्यक्रम तय गरिएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो । बन्द सत्र भने पर्यटकीय नगरी सौराहाको होटल सेभेन स्टारमा हुनेछ । त्यहाँ रहदा प्रतिनिधिहरुलाई बेलुका आफू बसेको होटलमा र विहान सोही होटल सेभेनस्टारमै खानाको व्यववस्था गरिएको छ ।


    पाँच लाख मानिस आउने बताएपछि स्थानीय प्रशासनले नो भेकल मुभमेन्ट भनेर आदेश जारी गरेपनि संविधानले दिएको अधिकार प्रयोग गर्नबाट बन्चित हुन नदिने योगेश भट्टराइको भनाई थियो । मालवाहक सवारी वाहेक अन्य सवै सवारी साधन सहजै संचालन हुने बताउँदै नो भेकल मुभमेन्ट हुनै नसक्ने बताउनुभएको छ ।
    यद्यपी स्थानीय प्रशासनले अत्यावश्यक सवारी साधनहरु संचालनमा कठिनाई नहुने तर विहान १०बजेदेखि साँझ साँढे ५ बजेसम्म सार्वजनिक सवारी संचालन नगरिदिन आग्रह गरेको छ ।


    त्यस्तै भट्टराइले यो महाधिवेशनमा साँढे ७ करोड खर्च हुने र सवै रकम पार्टीको आन्तरिक सक्रियतामा संकलन भएको बताए । महाधिवेशनको बन्दसत्रमा पत्रकारहरुलाई प्रवेश दिन नमिल्नेभएपछि सौराहमै रोयल सफारीमा मिडिया सेन्टरको स्थापना गरिएको छ । त्यही आएर बन्दसत्रमा भएका गतिविधिबारे प्रेस व्रिफिङ हुने प्रचार सहयोग समिति चितवनका सचिव तिलक रिमालले जानकारी दिनुभयो । महाधिवेशनले २२५ सदस्यीय नेकपा एमालेको नयाँ कमिटी समेत गठन गर्नेछ ।

    सकेसम्म सहमतीमै नेतृत्वको टुगो लाग्ने र निर्वाचन भए केही पदमा मात्रै हुने एमाले नेता रामबहादुर थापा बादलले बताउनुभएको छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.