चितवन । नेपाली काँग्रेसको चौधौ महाधिवेशन अन्तर्गत काँग्रेस चितवनको जिल्ला उपसभापतिमा राजेन्द्र डोटेलले उम्मेदवारी घोषणा गरेका छन् । आज भरतपुरमा पत्रकार सम्मेलन गरी डोटेलले जित सुनिश्चित रहेको भन्दै उप–सभापतिमा उम्मेदवारी दिने जानकारी दिएका हुन् ।
विद्यार्थी राजनीतिबाट काँग्रेसमा सक्रिय डोटेलले आफ्नो जित सुनिश्चत रहेको बताउँदै काँग्रेसको मुटुका रुपमा रहेका भातृसंस्थाहरुलाई सक्रिय गराउने देखि समयमै अधिवेशन गराउन आफूले भूमिका खेल्ने उनले बताए ।
पार्टीमा पसीना बगाउनुभएका अग्रजहरुलाई सम्मान र सानालाई माया सहित हौसला दिएर काँग्रेसलाई थप उर्जा थप्न आफूले उम्मेदवारी दिएको उनको भनाई थियो ।
आफूले चितवनको कुनाकाप्चामा काँग्रेसको संगठन थप बलियो बनाउँदै पिप्लेदेखि बाँदरझुलाका काँग्रेसलाई एकै मालामा व्यस्थापन गर्दै दुखसुखमा सँगै साथ दिने परिस्थिती निर्माण गर्ने अभियानको थालनीका रुपमा पनि आफ्नो उम्मेदवारी रहने डोटेलले बताए ।
गुट उपगुट पार्टीभित्र भएपनि चुनावसकिनासाथ सवै मिल्नुपर्ने बताउँदै हालसम्म आफूले कुनै पक्ष नरोजेको र त्यसमा विषयमा छलफल भइरहेको जानकारी दिए । तर कुनैपनि हालतमा उसभापतिबाट पछि नहट्ने उनको भनाई छ ।