×
मङ्गलबार, जेठ ०७, २०८२
☰
मङ्गलबार, जेठ ०७, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

काँग्रेस नवलपुर चुनावः लक्की ड्र बाट सदस्य छानिने देखि १ मतले सह-सचिवमा पराजित


  •   आइतबार, मङि्सर ०५, २०७८
  • गैंडाकोट,मंसिर ६ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपुरको प्रदेश सभा क्षेत्र नम्बर १ क को सभापतिमा गोपाल प्रसाद सापकोटा ३२९ मत ल्याएर निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी तारापती खरेललाई ८२ मतान्तरले पराजित गरेका हुन् । खरेलले २४७ मत पाए ।
    प्रदेश सभा क्षेत्र १ क मा ५९९ जना मतदाता रहेपनि ५९१ मत मात्रै खसेको थियो । सापकोटा रामचन्द्र पौडेल समूहका महेन्द्रध्वज जिसी पक्ष र तारापती खरेल डा.शसांक कोइराला समूहका मदनभक्त अधिकारी पक्षका हुन् । भारी मतान्तरले सापकोटा विजयी भएसँगै नेपाली काँग्रेस नवलपुर क्षेत्रनम्वर १ को संघीय क्षेत्र अधिवेशन अझ रोचक हुने देखिएको छ ।
    संघीय क्षेत्रनम्वर १ को सभापतिका लागि अहिले सम्म अमृत भट्टचन र अर्का कमल पराजुलीले उम्मेदवारी दिने तयारी गरिरहेका छन् । उपसभापतिका दुइवटै पदमा भने तारापती खरेल प्यानलका उम्मेदवार विजयी भएका छन् । गोविन्द कोइराला ३०१ र कविराज आचार्य २९३ मत सहित विजयी भएका छन् । तर सभापतिमा विजयी सापकोटा प्यानलका सुरेन्द्र तिवारी २४७ र मञ्जुदेवी पौडेल पनि २४७ मात्रै मत ल्याए ।

    Advertisement

    सचिवमा भने दुवै प्यानलका एक एक जना निर्वाचित भएका छन् । सापकोटा प्यानलका परमेश आचार्य २८२ र खरेल प्यानलका दिनुराम सापकोटा २९८ मत सहित विजयी हुँदा सापकोटा प्यानलका बुद्धिनाथ घिमिरेले २६६ र खरेल प्यानलका टेकनाथ पौडेलले २३८ मात्रै मत ल्याए ।
    त्यस्तै सहसचिवमा पनि दुवै प्यानलका एक एक जना निर्वाचित भएका छन् । सापकोटा प्यानलबाट करुणाकर पौडेल २७३ मत सहित खरेल प्यानलबाट शालिकराम घिमिरे २७५ मत सहित निर्वाचित हुँदा सापकोटा प्यानलकै खगेश्वर गौडेल २६९ र खरेल प्यानलका प्रेमराज तिमिल्सेना २७२ मत पाए । तिमिल्सेना जम्मा १ मतको अन्तरले पराजित भएका छन् ।
    यसरी प्यानललाई नभई व्यक्तिलाई हेरेर मत दिएको देखिन्छ । यसले गर्दा आगामी चुनावमा कुन प्यानलले विजयी हासिल गर्छ भन्ने अनुमान लगाउन समेत हम्मे हम्मे पर्ने देखिन्छ ।
    गैडाकोट १२ हर्कपुरको मुकुन्दसेन बहुमुखी कलेजमा मतगणना सकिएको हो ।
    प्रदेश प्रतिनिधि तर्फको प्रत्यक्ष महिला तर्फ ३ जना आवश्यक पर्नेमा दिलकुमारी घिमिरे दुर्गााले भारी मत प्राप्त गरी निर्वाचित भए । उनले ३३३ मत प्राप्त गरिन । उनी तारापति खरेल प्यानलको हुन । सभापतिमा विजयी सापकोटाको भन्दा ४ मतले बढि ल्याएर सर्वाधिक मत पाउने महिलातर्फ पहिलो भएकी छिन् । त्यस्तै खरेल प्यानलकी निर्मला कडेँल ३०३ मत सहित र सापकोटा प्यानलकी भागीरथी सुवेदी भावना २४५ मत सहित निर्वाचित भएकी छिन् ।
    तर सापकोटा प्यानलका जानकी लक्ष्मी आचार्य २३८, सत्यदेवी तिवारी पौडेल २३२ मत र खरेल प्यानलकी रमिला ढकाल २३३ मात्रै मत प्राप्त गरे ।

    त्यस्तै प्रत्यक्ष खुल्लातर्फ सात जना आवश्यक पर्नेमा सुशिल काफ्लेले ३१७,मोतिचन्द्र चालिसेले ३११,द्रोणवन सन्यासी ३१०,हेमराज कोइराला ३०८,ज्ञान प्रसाद खनाल २८९, वेद प्रसाद गौडेल २८७ मत सहित विजयी भएका छन् । घनश्याम कडेँल २८२ र होमनाथ सापकोटाको पनि २८२ मत आएपछि आज लक्की ड्र मार्फत छनौट गरिने सहायक निर्वाचन अधिकृत गोविन्द रिमालले जानकारी दिए ।
    त्यस्तै खस आर्य महिला तर्फ एक जना आवश्यक पर्नेमा देवी पोख्रेल २६८ मत सहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी लक्ष्मी लामिछाने पोख्रेलले २४४ मत ल्याइन् ।
    खसआर्य खुल्लातर्फ २ जना आवश्यक पर्नेमा खगराज आचार्य २८४ र अनन्त कडेँल २७५ मत सहित विजयी भएका छन् । तर मणिभद्र कडेँलले २६१ र विष्णुहरी घिमिरेले २४४ मत मात्रै ल्याएका छन् ।
    त्यस्तै आदिवासी जनजाति महिला तर्फ १ जना आवश्यक पर्नेमा थम कुमारी महतो २७७ मत सहित निर्वाचित हुँदा छलिमाया सोती मगरले २४९ मत मात्रै ल्याइन् ।
    आदिवासी जनजाती खुल्लातर्फ १ जना आवश्यक पर्नेमा तिलबहादुर चितौरेले २९५ मत ल्याएर निर्वाचित हुँदा देवेन्द्र रानाले २५० मत ल्याए ।
    दलितर्फ १ जना आवश्यक पर्नेमा प्रकाश परियार माइला ३०८ मत सहित विजयी हुँदा रुपेश विकले २४२ मत ल्याए ।
    त्यस्तै अल्पसंख्यक १ जना आवश्यक पर्नेमा ३३९ मत सहित बालुराम कुमाल निर्वाीचत हुँदा इन्द्रवहादुर दरैले जम्मा २१७ मत ल्याएका छन् । उम्मेदवारहरुमध्ये सर्वाधिक मत पाउने उम्मेदवारमा बालुराम कुमाल रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.