×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

कांग्रेस नवलपुर प्रदेश सभा क्षेत्र १ ´क´ काे सभापतिमा गाेपाल सापकाेटा निर्वाचित,  हेर्नुहाेस मत परिणाम


  •   आइतबार, मङि्सर ०५, २०७८
  • गैंडाकोट । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपुरको प्रदेश सभा क्षेत्र नम्बर १ क को सभापतिमा गोपाल प्रसाद सापकोटा ३२९ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी तारापती खरेललाई ८२ मतान्तरले पराजित गर्नुभएको हो । खरेलले २४७ मत पाउनुभएकाे छ ।
    प्रदेश सभा क्षेत्र १ क मा ५९९ जना मतदाता रहेपनि ५९१ मत मात्रै खसेको थियो । आजै भएको मतदानपछि मतगणना गरिएको थियो । सापकोटा रामचन्द्र पौडेल समूहका महेन्द्रध्वज जिसी पक्ष र तारापती खरेल डा.शसांक कोइराला समूहका मदनभक्त अधिकारी पक्षका रहेको बताइन्छ । भारी मतान्तरले सापकोटा विजयी भएसँगै नेपाली काँग्रेस नवलपुर क्षेत्रनम्वर १ को संघीय क्षेत्र अधिवेशन अझ रोचक हुने देखिएको छ ।

    Advertisement

    संघीय क्षेत्रनम्वर १ को सभापतिका लागि अहिले सम्म अमृत भट्टचन र अर्का कमल पराजुलीले उम्मेदवारी दिने तयारी गरिरहेका छन् । तयारी मात्रै होइन सामाजिक संजालबाट आफूलाई जिताउन आह्वान गरेका छन् । जतिसुकै प्यानल गुट,उपगुट भएर चुनावमा लडेपनि मतदाताहरुले भने फरक स्वाद चखाइदिएका छन् । पुरातन चिन्तनजस्तै गरी प्यानल बनाएर चुनाव लडेपनि काँग्रेसी मतदाताले भने मत खसाल्ने समय प्यानल नभई व्यक्ति हेरेको प्रष्ट देखिएको छ ।

    जस्तो की सापकोटा सभापतिमा निर्वाचित हुँदैगर्दा उपसभापतिका दुइवटै पदमा भने तारापती खरेल प्यानलका उम्मेदवार विजयी भएका छन् । गोविन्द कोइराला ३०१ र कविराज आचार्य २९३ मत सहित विजयी भएका छन् । तर सभापतिमा विजयी सापकोटा प्यानलका सुरेन्द्र तिवारी २४७ र मञ्जुदेवी पौडेल पनि २४७ मात्रै मत ल्याउन सफल हुनुभयो ।

    सचिवमा भने दुवै प्यानलका एक एक जना निर्वाचित भएका छन् । सापकोटा प्यानलका परमेश आचार्य २८२ र खरेल प्यानलका दिनुराम सापकोटा २९८ मत सहित विजयी हुँदा सापकोटा प्यानलका बुद्धिनाथ घिमिरेले २६६ र खरेल प्यानलका टेकनाथ पौडेलले २३८ मात्रै मत प्राप्त गर्नुभयो ।

    त्यस्तै सहसचिवमा पनि दुवै प्यानलका एक एक जना निर्वाचित भएका छन् । सापकोटा प्यानलबाट करुणाकर पौडेल २७३ मत सहित खरेल प्यानलबाट शालिकराम घिमिरे २७५ मत सहित निर्वाचित हुँदा सापकोटा प्यानलकै खगेश्वर गौडेल २६९ र खरेल प्यानलका प्रेमराज तिमिल्सेना २७२ मत ल्याउनुभयो ।

    यसरी प्यानललाई नभई व्यक्तिलाई हेरेर मत दिएको देखिन्छ । यसले गर्दा आगामी चुनावमा कुन प्यानलले विजयी हासिल गर्छ भन्ने अनुमान लगाउन समेत हम्मे हम्मे पर्ने देखिन्छ ।

    गैडाकोट १२ हर्कपुरको मुकुन्दसेन बहुमुखी कलेजमा मतगणना सकिएको हो ।

    उप–सभापति २ जनाका लागि
    सुरेन्द्र तिवारी २४७
    मन्जुदेवी पौडेल २४७
    कविराज आचार्य २९३
    गोविन्द कोईराला ३०१
    सचिव २ जनाका लागि
    टेकनाथ पौडेल २३८
    बुद्धिनाथ घिमिरे २६६
    प्रमेश आचार्य २८२
    दिनुराम सापकोटा २९८
    सहसचिव २ जनाका लागि
    खगेश्वर गौडेल २६९
    करुणाकर पौडेल २७३
    प्रेमराज तिमिल्सिना २७२
    शालिकराम घिमिरे २७५ मत ।

    प्रदेश प्रतिनिधि तर्फको प्रत्यक्ष महिला तर्फ ३ जना आवश्यक पर्नेमा दिलकुमारी घिमिरे दुर्गााले भारी मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँले ३३३ मत प्राप्त गर्नुभएको थियो । उहाँ तारापति खरेल प्यानलको हुनुहुन्छ । उहाँको यतिधेरै मत सभापतिमा विजयी सापकोटाको भन्दा ४ मतले बढि छ । यसले पनि व्यक्तिलाई हेरेर मतदाताले भोट दिएको देखिन्छ । त्यस्तै खरेल प्यानलकी निर्मला कडेँल ३०३ मत सहित र सापकोटा प्यानलकी भागीरथी सुवेदी भावना २४५ मत सहित निर्वाचित हुनुनभयो ।
    तर सापकोटा प्यानलका जानकी लक्ष्मी आचार्य २३८, सत्यदेवी तिवारी पौडेल २३२ मत र खरेल प्यानलकी रमिला ढकाल २३३ मात्रै मत प्राप्त गरे ।

    त्यस्तै प्रत्यक्ष खुल्लातर्फ सात जना आवश्यक पर्नेमा सुशिल काफ्लेले ३१७,मोतिचन्द्र चालिसेले ३११,द्रोणवन सन्यासी ३१०,हेमराज कोइराला ३०८,ज्ञान प्रसाद खनाल २८९, वेद प्रसाद गौडेल २८७ मत सहित विजयी भएका छन् । घनश्याम कडेँल २८२ र होमनाथ सापकोटाको पनि २८२ मत आएपछि आज लक्की ड्र मार्फत छनौट गरिने सहायक निर्वाचन अधिकृत गोविन्द रिमालले जानकारी दिए ।
    त्यस्तै खस आर्य महिला तर्फ एक जना आवश्यक पर्नेमा देवी पोख्रेल २६८ मत सहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी लक्ष्मी लामिछाने पोख्रेलले २४४ मत ल्याइन् ।
    खसआर्य खुल्लातर्फ २ जना आवश्यक पर्नेमा खगराज आचार्य २८४ र अनन्त कडेँल २७५ मत सहित विजयी भएका छन् । तर मणिभद्र कडेँलले २६१ र विष्णुहरी घिमिरेले २४४ मत मात्रै ल्याएका छन् ।
    त्यस्तै आदिवासी जनजाति महिला तर्फ १ जना आवश्यक पर्नेमा थम कुमारी महतो २७७ मत सहित निर्वाचित हुँदा छलिमाया सोती मगरले २४९ मत मात्रै ल्याइन् ।
    आदिवासी जनजाती खुल्लातर्फ १ जना आवश्यक पर्नेमा तिलबहादुर चितौरेले २९५ मत ल्याएर निर्वाचित हुँदा देवेन्द्र रानाले २५० मत ल्याए ।
    दलितर्फ १ जना आवश्यक पर्नेमा प्रकाश परियार माइला ३०८ मत सहित विजयी हुँदा रुपेश विकले २४२ मत ल्याए ।
    त्यस्तै अल्पसंख्यक १ जना आवश्यक पर्नेमा ३३९ मत सहित बालुराम कुमाल निर्वाीचत हुँदा इन्द्रवहादुर दरैले जम्मा २१७ मत ल्याएका छन् । उम्मेदवारहरुमध्ये सर्वाधिक मत पाउने उम्मेदवारमा बालुराम कुमाल रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.