गैंडाकोट । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपुरको प्रदेश सभा क्षेत्र नम्बर १ क को सभापतिमा गोपाल प्रसाद सापकोटा ३२९ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी तारापती खरेललाई ८२ मतान्तरले पराजित गर्नुभएको हो । खरेलले २४७ मत पाउनुभएकाे छ ।
प्रदेश सभा क्षेत्र १ क मा ५९९ जना मतदाता रहेपनि ५९१ मत मात्रै खसेको थियो । आजै भएको मतदानपछि मतगणना गरिएको थियो । सापकोटा रामचन्द्र पौडेल समूहका महेन्द्रध्वज जिसी पक्ष र तारापती खरेल डा.शसांक कोइराला समूहका मदनभक्त अधिकारी पक्षका रहेको बताइन्छ । भारी मतान्तरले सापकोटा विजयी भएसँगै नेपाली काँग्रेस नवलपुर क्षेत्रनम्वर १ को संघीय क्षेत्र अधिवेशन अझ रोचक हुने देखिएको छ ।
संघीय क्षेत्रनम्वर १ को सभापतिका लागि अहिले सम्म अमृत भट्टचन र अर्का कमल पराजुलीले उम्मेदवारी दिने तयारी गरिरहेका छन् । तयारी मात्रै होइन सामाजिक संजालबाट आफूलाई जिताउन आह्वान गरेका छन् । जतिसुकै प्यानल गुट,उपगुट भएर चुनावमा लडेपनि मतदाताहरुले भने फरक स्वाद चखाइदिएका छन् । पुरातन चिन्तनजस्तै गरी प्यानल बनाएर चुनाव लडेपनि काँग्रेसी मतदाताले भने मत खसाल्ने समय प्यानल नभई व्यक्ति हेरेको प्रष्ट देखिएको छ ।
जस्तो की सापकोटा सभापतिमा निर्वाचित हुँदैगर्दा उपसभापतिका दुइवटै पदमा भने तारापती खरेल प्यानलका उम्मेदवार विजयी भएका छन् । गोविन्द कोइराला ३०१ र कविराज आचार्य २९३ मत सहित विजयी भएका छन् । तर सभापतिमा विजयी सापकोटा प्यानलका सुरेन्द्र तिवारी २४७ र मञ्जुदेवी पौडेल पनि २४७ मात्रै मत ल्याउन सफल हुनुभयो ।
सचिवमा भने दुवै प्यानलका एक एक जना निर्वाचित भएका छन् । सापकोटा प्यानलका परमेश आचार्य २८२ र खरेल प्यानलका दिनुराम सापकोटा २९८ मत सहित विजयी हुँदा सापकोटा प्यानलका बुद्धिनाथ घिमिरेले २६६ र खरेल प्यानलका टेकनाथ पौडेलले २३८ मात्रै मत प्राप्त गर्नुभयो ।
त्यस्तै सहसचिवमा पनि दुवै प्यानलका एक एक जना निर्वाचित भएका छन् । सापकोटा प्यानलबाट करुणाकर पौडेल २७३ मत सहित खरेल प्यानलबाट शालिकराम घिमिरे २७५ मत सहित निर्वाचित हुँदा सापकोटा प्यानलकै खगेश्वर गौडेल २६९ र खरेल प्यानलका प्रेमराज तिमिल्सेना २७२ मत ल्याउनुभयो ।
यसरी प्यानललाई नभई व्यक्तिलाई हेरेर मत दिएको देखिन्छ । यसले गर्दा आगामी चुनावमा कुन प्यानलले विजयी हासिल गर्छ भन्ने अनुमान लगाउन समेत हम्मे हम्मे पर्ने देखिन्छ ।
गैडाकोट १२ हर्कपुरको मुकुन्दसेन बहुमुखी कलेजमा मतगणना सकिएको हो ।
उप–सभापति २ जनाका लागि
सुरेन्द्र तिवारी २४७
मन्जुदेवी पौडेल २४७
कविराज आचार्य २९३
गोविन्द कोईराला ३०१
सचिव २ जनाका लागि
टेकनाथ पौडेल २३८
बुद्धिनाथ घिमिरे २६६
प्रमेश आचार्य २८२
दिनुराम सापकोटा २९८
सहसचिव २ जनाका लागि
खगेश्वर गौडेल २६९
करुणाकर पौडेल २७३
प्रेमराज तिमिल्सिना २७२
शालिकराम घिमिरे २७५ मत ।
प्रदेश प्रतिनिधि तर्फको प्रत्यक्ष महिला तर्फ ३ जना आवश्यक पर्नेमा दिलकुमारी घिमिरे दुर्गााले भारी मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँले ३३३ मत प्राप्त गर्नुभएको थियो । उहाँ तारापति खरेल प्यानलको हुनुहुन्छ । उहाँको यतिधेरै मत सभापतिमा विजयी सापकोटाको भन्दा ४ मतले बढि छ । यसले पनि व्यक्तिलाई हेरेर मतदाताले भोट दिएको देखिन्छ । त्यस्तै खरेल प्यानलकी निर्मला कडेँल ३०३ मत सहित र सापकोटा प्यानलकी भागीरथी सुवेदी भावना २४५ मत सहित निर्वाचित हुनुनभयो ।
तर सापकोटा प्यानलका जानकी लक्ष्मी आचार्य २३८, सत्यदेवी तिवारी पौडेल २३२ मत र खरेल प्यानलकी रमिला ढकाल २३३ मात्रै मत प्राप्त गरे ।
त्यस्तै प्रत्यक्ष खुल्लातर्फ सात जना आवश्यक पर्नेमा सुशिल काफ्लेले ३१७,मोतिचन्द्र चालिसेले ३११,द्रोणवन सन्यासी ३१०,हेमराज कोइराला ३०८,ज्ञान प्रसाद खनाल २८९, वेद प्रसाद गौडेल २८७ मत सहित विजयी भएका छन् । घनश्याम कडेँल २८२ र होमनाथ सापकोटाको पनि २८२ मत आएपछि आज लक्की ड्र मार्फत छनौट गरिने सहायक निर्वाचन अधिकृत गोविन्द रिमालले जानकारी दिए ।
त्यस्तै खस आर्य महिला तर्फ एक जना आवश्यक पर्नेमा देवी पोख्रेल २६८ मत सहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी लक्ष्मी लामिछाने पोख्रेलले २४४ मत ल्याइन् ।
खसआर्य खुल्लातर्फ २ जना आवश्यक पर्नेमा खगराज आचार्य २८४ र अनन्त कडेँल २७५ मत सहित विजयी भएका छन् । तर मणिभद्र कडेँलले २६१ र विष्णुहरी घिमिरेले २४४ मत मात्रै ल्याएका छन् ।
त्यस्तै आदिवासी जनजाति महिला तर्फ १ जना आवश्यक पर्नेमा थम कुमारी महतो २७७ मत सहित निर्वाचित हुँदा छलिमाया सोती मगरले २४९ मत मात्रै ल्याइन् ।
आदिवासी जनजाती खुल्लातर्फ १ जना आवश्यक पर्नेमा तिलबहादुर चितौरेले २९५ मत ल्याएर निर्वाचित हुँदा देवेन्द्र रानाले २५० मत ल्याए ।
दलितर्फ १ जना आवश्यक पर्नेमा प्रकाश परियार माइला ३०८ मत सहित विजयी हुँदा रुपेश विकले २४२ मत ल्याए ।
त्यस्तै अल्पसंख्यक १ जना आवश्यक पर्नेमा ३३९ मत सहित बालुराम कुमाल निर्वाीचत हुँदा इन्द्रवहादुर दरैले जम्मा २१७ मत ल्याएका छन् । उम्मेदवारहरुमध्ये सर्वाधिक मत पाउने उम्मेदवारमा बालुराम कुमाल रहेका छन् ।