गैंडाकोट । नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनअन्तर्गत नवलपुरकाे प्रदेश सभा क्षेत्र नम्बर १ `क´ मा मतदान सकिएपछि अहिले मतगणना जारी रहेकाे छ ।
प्रदेशसभाकाे क्षेत्रीय नेतृत्व लिन तारापति खरेल र गाेपाल सापकोटा मैदानमा रहेका छन् । हालसम्म सभापतिका दावेदार गाेपाल सापकोटाले नेतृत्व गरिरहनुभएकाे छ। उहाँ जीत नजिक हुनुहुन्छ ।
गैडाकाेट १२ हर्कपुरकाे मुकुन्दसेन बहुमुखी कलेजमा मतगणना जारी रहेकाे हाे ।
पछिल्लो मतपरिणाम अनुसार
मतदाता : ५९९
खसेकाे : ५९१
हालसम्मको गणना: ४८०
सभापतिमा १ जनाका लागि
गाेपाल सापकोटा २७४
तारापति खरेल १९२
उप-सभापति २ जनाका लागि
सुरेन्द्र तिवारी १९८
मन्जुदेवी पाैडेल २०२
कविराज आचार्य २३३
गाेविन्द काेईराला २४४
सचिव २ जनाका लागि
टेकनाथ पाैडेल १९१
बुद्धि नाथ घिमिरे २१८
प्रमेश अाचार्य २३१
दिनुराम सापकाेटा २३७
सहसचिव २ जनाका लागि
खगेश्वर गाैडेल २१८
करुणाकर पाैडेल २२०
प्रेमराज तिमिल्सिना २२०
शालिकराम घिमिरे २२० मत प्राप्त गरेका सहायक मतदान अधिकृत गाेविन्द रिमालले जानकारी दिनुभयाे ।
त्यस्तै प्रत्यक्ष महिला तर्फ ३ जना अावश्यक पर्नेमा
जानकी लक्ष्मी अाचार्य १८६
दिलकुमारी घिमिरे दुर्गा २६९
निर्मला कडेल २४७
भागिरथि सुवेदी १९८
रमिला ढकाल १८८
सत्यदेवी तिवारी पाैडेल १८८ मत प्राप्त गरेका छन् ।