×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

पौष २५ देखि माघ ४ सम्म चितवन महोत्सव हुने


  •   शुक्रबार, मङि्सर ०३, २०७८
  • चितवन । २०७७ सालमा स्थगित भएको १३ औँ संस्करणको चितवन महोत्सव यो वर्ष हुने भएको छ । महोत्सव आयोजना गर्ने उद्योग वाणिज्य संघ चितवनले आज पत्रकार सम्मेलनगरी सो जानकारी दिएको हो ।
    आगामी पौष २५ देखि माघ ४ गतेसम्म नारायणगढको नारायणी नदी किनारमा महोत्सवको आयोजना गरिएको मूल संयोजक एवम अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।
    उद्योग वाणिज्य संघ चितवनको आयोजना र भरतपुर महानगरपालिका , जिल्ला समन्वय समितिको प्रवद्र्धनमा हुने महोत्सवमा ३५० वटा मात्रै स्टल रहनेछन् । कोभिड १९ को महामारी कायमै रहेकाले एक र अर्कोस्टलवीचको दूरी कायम गरेर डिजाइन गरिएको श्रेष्ठको भनाई छ । स्वास्थ्य मन्त्रालय र स्वास्थ्य कार्यालय चितवनको परामर्शमा महोत्सवको आयोजना गरिएको उनले बताए । धेरैले कोरोना विरुद्धको खोप लगाइसकिएकोले पनि महोत्सव आयोजना गरिएको बताउँदै श्रेष्ठले नेपालमा उत्पादन भएका वस्तुहरुलाई प्राथमिकता दिइने बताए । ‘मेड इन नेपाल’ भन्ने छुट्टै परिसर समेत राखिने र सदाझैँ लघु, घरेलु तथा साना उद्योगबाट उत्पादीत विभिन्न वस्तुहरु, हस्तकलाका सामाग्री,पोल्ट्रीपरिसर, अटो, बैँक तथा वित्तीय लगायतका स्टलहरु रहनेछन् । विशेषगरी नेपाली खानालाई प्राथमिकतामा राखेर हुँदै आएको फुड फेस्टीवललाई यस पटक पनि निरन्तरता दिइएको छ । पौष २८ गतेदेखि माघ २ सम्म फुड फेस्टीवल नारायणगढको क्याम्पा चौरमा विविधि सांस्कृति कार्यक्रम सहित संचालन हुनेछ ।
    कोभिडले सवैभन्दा बढि असर पारेको क्षेत्र पर्यटनलाई केन्द्रविन्दुमा राखेर महोत्सव हुने र १० दिन चल्ने महोत्सवमा करिव ५ लाख आन्तरिक तथा वाह्य पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको छ । उक्त अवधिमा २५ करोड भन्दा बढी कारोवार हुने अपेक्षा गरिएको छ ।
    महोत्सवले चितवन जिल्लाको कृषि,शिक्षा,स्वास्थ्य, पर्यटन लगायत समग्र आर्थिक,सामाजिक र सांस्कृतिक विकासमा यसले टेवा पुर्याउने र यहाँ उत्पादीत वस्तुको बजारीकरणमा समेत टेवा पुग्ने श्रेष्ठको भनाई छ ।
    कोरोनाविरुद्धको खोप समेत धेरैले लगाएका कारण महोत्सवमा अझ बढी दर्शकको उपस्थिती हुने अपेक्षा अयोजकले गरेका छन् । सर्वसाधरणका लागि रु। ५० र विद्यार्थीका लागि रु। २५ को टिकट दर कायम गरिएको छ भने ज्यष्ठ नागरिक, एकल महिला, शहिद परिवारका लागि परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले बताएको छ ।
    महोत्सव सफल पार्न आयोजकले मूल समिति,सल्लाहाकार समिति, स्टेरिङ समिति र विभिन्न गतिविधिमा केन्द्रीत ३० वटा कार्यागत समिति समेत गठन गरेको छ ।
    पर्यटकीय नगरी तथा कृषिमा आत्मनिर्भर चितवन जिल्लाको गौरव, गरिमा र प्रतिष्ठाको साझा अभियानको रुपमा लिने गरिएको चितवन महोत्सव भव्यताका साथ सम्पन्न गर्न सवैमा आयोजकले अनुरोध गरेका छन् ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.