नवलपुर,कावासोती मंसीर ३ । जिल्लाको बौंदीकाली गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरेर दुुई सय ८० एमालेका कार्यकर्ता नेपाली काग्रेसमा प्रबेश गरेका छन् ।
जिल्लाको बौंदीकाली गाउँपालिकाका उपसभापति डिल्लीराम रानामगरको पहलमा नेकपा एमाले त्यागेर २८० जना नेपाली काग्रेसमा प्रबेश गरे पछि साबिक रकुुवा गाबिसको वल्टार गाउँ काग्रुेसमय बनेको छ ।
नेकपा एमाले बौदीकाली ३ रकुुवाका स्थानीय एमाले नेता मानसिहं मस्रागी मगर ,महेन्द्र सुनार, चन्द्रबहादुुर बोटे, हिरा मश्रांगी मगर लगायतका २८० एमाले कार्यकर्ताहरु नेपाली काग्रेसमा प्रबेश गरेका पार्टीका उपसभापति डिल्लीराम रानामगरले बताउनुुभयो ।
नबप्रबेशीहरुलाई सबिधानसभाका सदस्य महेन्द्रध्वज जीसीले पार्टीको साधारण सदस्य बितरण गर्दै स्वागत गर्नुुभएको थियो । कार्यक्रममा बौदीकाली गाउँपालिकाका अध्यक्ष दुुर्गाबहादुर रानामगर, नेपाली कागे्रस बौदीकाली गाउँपालिकाका सभापति केबी राना ,उपसभापति डिल्लीराम रानामगरले बौदीकाली गाउँपालिकामा कागे्रसको जनलहर सिर्जन ागर्ने गरि संगठनलाई अगाडि बढाईएको बताउनुुभयो ।