×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एमालेको दशौँ महाधिवेशनको तयारी तीव्र,अवबाट इ-बुलेटिन निकाल्ने


  •   बुधबार, मङि्सर ०१, २०७८
  • चितवन । नेकपा एमालेले आफ्नो १०औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारेको जानकारी दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा महाधिवेशनलाई प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको बताए ।
    अवका दिनदेखि महाधिवेशनवारे पार्टीको फेसवुक पेजबाट अन्तरक्रिया कार्यक्रम सुरु गर्ने बताउँदै यो पटक सवै प्रचारप्रसार डिजिटल माध्यमबाट गरिने जानकारी दिएका छन् । उनले भने,“यो पटक भित्तामा पर्चा पम्प्लेट टाँसिदैन सवै डिजिटलबाट हुन्छ । अझ धेरै आशा पत्रकारहरुसँग पनि गरेका छौँ । ”
    महाधिवेशनमा करिव पाँच लाख कार्यकर्ता उतार्ने र पाँच करोड भन्दा धेरै खर्च हुने उनले बताए ।

    Advertisement

    आठ लाख १० हजार पार्टीका सदस्यहरु रहेको र उनीहरुबाट रु। एक सयका दरले सहयोग उठाउँदा ८ करोड १० लाख रुपैयाँ संकलन हुने भन्दै भट्टराइले महाधिवेशन ५ करोड प्लसमा सम्पन्न हुने बताएका हुन् ।
    ६६ जिल्लामा प्रतिनिधिहरु छनौट भइसकेको जनाउँदै वाँकी रहेका जिल्लाहरुमा पनि केही दिनमै प्रतिनिधि छनौट भइसक्ने उनले बताए । ३२ वटा विभाग, जनवर्गीय संगठन तथा सम्पर्क कमिटीहरुबाट पनि महाधिवेशन प्रतिनिधिहरु छनौट भइसकेको उनले जानकारी दिए ।

    अव इ बुलेटिन अपरान्ह तीन बजेबाट प्रकाशीत गर्ने, मंसिर २ गतेदेखि पार्टीको फेसवुक पेजबाट लाइभ गर्ने,मंसिर १ देखि ७ गतेसम्म ७५३ वटै पालिका र सवै वडामा नेकपा एमालेको महाधिवेशन केन्द्रीत अन्तरक्रिया गर्ने उनले बताए । साथै महाधिवेशनमा छिमेकी देश सहित दक्षिण एसियाका सत्तासीन र विपक्षि दलका नेताहरुलाई समेत निमन्त्रणा गरिसकेको र केहीले आउने आश्वासन समेत दिएको उनको भनाई छ ।

    एमालेको १०औँ महाधिवेशनपछि सम्पूर्ण कम्युनिष्टहरुको गुरुत्वआकर्षण बढ्दै जाने दावी गर्दै उनले एमालेकै नेतृत्वमा एउटै पार्टी बन्ने बताए । समाजवादको आधार निर्माण गर्दै जाने र यो आधार कुनै माओवादी विचार धारा वा अन्य कम्युनिष्ट विचार धाराले नभई जनताको बहुदलीय जनवादबाट मात्रै सम्भव भएकाले एमालेलेनै सवै कम्युनिष्टहरुलाई एकीकरण गरी अघि बढाउने उनको ठम्याई थियो ।
    महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेवारे बताउँदै उनले लगभग केपी शर्मा ओलीनै अध्यक्षमा दोहोरिने बताए । महाधिवेशनमा प्रतिस्पर्धा गर्छु भन्नेहरुलाई बाटो खुल्ला रहेको भन्दै चुनाव नभई सर्वसम्मत भए केपी शर्मा ओलीलने पुन अध्यक्षमा दोहोरिने उनको भनाई थियो ।

    सम्पूर्ण पार्टीहरुलाई महाधिवेशनमा आमन्त्रण गरिरहदा एमालेबाट केही समय अघि मात्र फुटेर वनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भने नबोलाउने भट्टराइले दोहोर्याएका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.