मकवानपुर । नेकपा एमाले मकवानपुरले १० औँ राष्ट्रिय महाधिवेशनका लागि १७ जना प्रतिनिधि चयन गरेको छ ।
यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनका लागि हिजो ती महाधिवेशन प्रतिनिधि चयन गरिएको हो ।
Advertisement
सर्वसम्मतिले छनौट भएका प्रतिनिधिहरुमा खुल्लातर्फ कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, बद्रीप्रसाद लम्साल, दिलबहादुर घिसिङ फुर्वा, कमल बिष्ट, फुर्बा दोर्जे लामा, सुवासचन्द्र ठकुरी, एकालाल श्रेष्ठ, महेश बर्तौला, लालबहादुर थापा, हिदम लामा र बिष्णुप्रसाद ढकाल रहेका छन् ।
महिलाको तर्फबाट जुनेलीमाया श्रेष्ठ, सीता विष्ट, बरिना बल तामाङ र सुमित्रा काफ्ले रहेका हुन् ।
त्यस्तै दलितबाट नारायण गजमेर चयन भएका छन् ।