×
मङ्गलबार, जेठ ०७, २०८२
☰
मङ्गलबार, जेठ ०७, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

कानुनी प्रकृयाबाट यती सहकारीमा कार्यसमिति बनाउन माग


  •   सोमबार, कार्तिक २२, २०७८
  • चितवन । चितवनको कालिका नगरपालिका ५ मा रहेको यती बहुउद्देश्यीय सहकारी संस्थामा कानुन अनुसार कार्यसमिति चयन गर्न माग गरिएको छ ।

    Advertisement

    गत असोज २१ गते भएको २० औँ साधारण सभा तथा सातौँ अधिवेशनले राजनीतिक दलको भागवण्डा लगाउँदै समिति बनाएपछि शेयर सदस्यहरुले कानुन अनुसार नयाँ समिति बनाउन माग गरेका हुन् । शेयर सदस्यहरुलाई थाहा नै नदिएर संघीय तथा प्रदेश सहकारी ऐन विपरीत ९ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति बनाइएको शेयर सदस्य दुर्गाप्रसाद भट्टराइले बताए ।

    अहिले भट्टराई सहित १६५ शेयर सदस्यहरुले अवैध समिति खारेज गरी वैध विधिबाट नयाँ समिति चयन गर्न माग गर्दै प्रदेश र नगरपालिकको सहकारी शाखामा निवदेन दर्ता गरेका छन् ।

    समान उद्देश्य प्राप्तीका लागि समान सहभागीतामा सहकारी चल्नुपर्नेमा राजनीतिक भागवण्डाले संस्था खोक्रो हुँदै जाने भट्टराइको भनाई छ ।

    भागवण्डामै समिति बनाउन निर्वाचन समिति संयोजक शिव प्रसाद सापकोटाले घोषणा गरिएको निर्वाचन तालिका समेत रोकेर प्रकृया भत्काएको शेयर सदस्य भट्टराइले बताए । उनका अनुसार असोज २१ गते निर्वाचन तालिका सार्वजनिक भयो । असोज २२ गते पुन उक्त तालिका स्थगित गरी राजनीतिक दललाई भागवण्डा मिलाउन दिइयो र एक्कासी असोज २६ गते नयाँ समिति घोषणा गरी शपथ ग्रहण गराइएको हो । कार्तिक २२ को सूचनापछि अर्को सूचना प्रकाशीत गरी निर्वाचन प्रकृया सुरु हुने आशमा रहेको शेयरसदस्यहरुले एक्कासी राजनीतिक दलको भागवण्डाका आधारमा समिति बनेको थाहा पाएपछि सोही दिन निर्वाचन समिति संयोजक शिव प्रसाद सापकोटालाई प्रकृयागत रुपमा समिति चयन गर्न निवेदन समेत दिइएको थियो । तर उनले सुनुवाई नगरेपछि नियमनकारी निकाय धाउनुपरेको भट्टराईले बताए ।

    यता निर्वाचन समिति संयोजक सापकोटाले हरेक क्षेत्रमा राजनीतिक सहभागीता रहेको भन्दै आफूले पनि सोही अनुसार मुख्य राजनीतिक दलले भने अनुसार समिति बनाएको बताए । अव प्रदेश र नगरपालिकामा असन्तुष्ट पक्षले निवेदन दिइसकेकाले आफूले यसवारे धेरै प्रतिक्रिया नदिने उनको भनाई थियो ।

    असोज २१ गतेदेखि सुरु भएर २६ गते सम्पन्न अधिवेशनमा राजनीतिक दलका भागवण्डाकै आधारमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसको अध्यक्षमा माओवादीबाट भोजराज सेढाईँ, उपाध्यक्षमा नेपाली काँग्रेसबाट विश्वास अर्याल, सचिवमा एमालेबाट भवानी न्यौपाने,कोषाध्यक्षमा दुर्गाप्रसाद आचार्य र सदस्यहरुमा रामप्रसाद चापागाई, सविन न्यौपाने, सम्भुराज शाही ठकुरी, शुकराम महतो र मेनुका थापा अधिकारी रहेका छन् । त्यस्तै नव निर्मित समितिमा कानुनत ३३ प्रतिशत महिला सहभागीता पुर्याउनुपर्नेमा सो समेत अभाव रहेको भन्दै चाँडै कानुनसम्मत नयाँ कार्यसमितिको प्रकृया थालिदिन असन्तुष्ट शेयर सदस्यहरुको माग रहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.