चितवन । आईसीसी टी-२० विश्व कप क्रिकेटको सेमिफाइनलमा पाकिस्तान पुगेको छ । गएराति भएको खेलमा स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा पुगेको हो ।
Advertisement
पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जम्मा १ सय १७ रन मात्र जोड्न सक्यो ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले कप्तान बाबर आजम तथा शोएब मलिकको अर्धशतकीय पारीको सहयोगमा १ सय ८९ रन जोडेको थियो ।
अब पाकिस्तानले फाइनल प्रवेशका लागि आउँदो बिहीवार सुपर १२ को समूह २ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ ।
अहिलेसम्म अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पाकिस्तान यो विश्व कपमा एक्लो टोली हो।



