काठमाण्डौ । चर्चित पत्रकार रवि लामिछानेले आफ्नो अंगदान दिने घोषणा गरेका छन् । चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा मार्फत उनले सो घोषणा गरेका हुन् । कार्यक्रमका समय कयौँ मृगौला पीडितहरुले सहयोगको याचना गरिरहने हृदयविदारक परिस्थितीलाई पार लगाउने सकिन्छ भनेर उनले मृगौलाको सहज प्रत्यारोपणका विषयमा श्रृखलावद्ध कार्यक्रम समेत चलाएका छन् ।
मृगौला प्रत्यारोपण पछि पनि विरामीहरुले आरामको जीवन बाँच्न सक्छन् तर विरामी र मृगौला दाताले चाहेर मात्रै नेपालमा त्यो सम्भव छैन । नेपालमा रहेको मानव शरीरहेका अंग प्रत्यारोपण नियमित तथा निषेध ऐन २०५५ शंसोधन २०७२ अनुसार नजिकका नातेदार तथा अंग साटफेर गर्न सकिने व्रेन डेथको अवस्थाबाट प्राप्त हुँदा मात्रै मृगौला लिन सकिने नियम छ । तर यो नियम स्वयम् यस अघिका प्रधानमन्त्री केपी शर्मा ओलीको हकमा लागू भएन ।
उनले कानुनले तोको भन्दा दुई पुस्ता अघि बढेर मृगौला प्रत्यारोपण गरेका थिए ।सर्वसाधरणले भने मामाको छोरी,छोरा,मितछोरा,मितछोरी वा अन्य नातेदारबाट मृगौला लिन दिन तयार भएपनि कानुनले छेकेको छ । मृगौला दिने कानुनले सम्वोधन गरेको आफन्तको परिभाषालाई फराकिलो गराउन मृगौला पीडितहरुले माग गरेका छन् ।
अहिले उचित विकल्प ब्रेनडेथबाट प्राप्त हुने मृगौला सहितका अंग प्रभावकारी देखिएको छ । तर नेपालमा अंगदानको शिक्षा र सचेतना कम हुँदा अंगदान दिनेहरु भेटिदैनन् ।
कार्यक्रम मार्फत रवि लामिछानेले आफ्ना अंगहरु दान दिनेगरी फारम भर्ने बताएका छन् । कार्यक्रमका अतिथि मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले ब्रेनडेथको केशबाट आठ वटा अंग लिन सकिने र त्यसले आठ जनाको ज्यान बचाउन सकिने बताउनुभयो । तर नेपालमा पर्याप्त जनचेतना नहुँदा त्यसरी अंग दान गर्नेहरु नरहेको बताउनुभयो ।
मष्तिस्क मृत्यु मानव मृत्यु नै भएको तर उसका अन्य अंगहरु भने पुन प्रयोग गर्न सकिने उहाँको भनाई छ । यदी कसैको ब्रेनडेथबाट निधन भएको छ भने मृतकका आफन्तले नेपाल सरकार स्वास्थ्यमन्त्रालय अन्तर्गतको संस्था शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा खवर गर्न सकिने र त्यहाबाट खटिएका दक्ष कर्मचारीले अंग लैजाने छन् र आवश्यकता परेकालाई कानुन अनुसार उपलब्ध गराउनेछन् ।
३ करोड नेपालीमा अहिले सम्म जम्मा २५ सय जनाले मात्रै अंगदान दिनका लागि फर्म भरेका छन् ।