×
शुक्रबार, जेठ २२, २०८३
☰
शुक्रबार, जेठ २२, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चर्चित पत्रकार रविले दिने भए मृगौला सहितका अंगहरु (भिडियो सहित)


  •   शनिबार, कार्तिक २०, २०७८
  • काठमाण्डौ । चर्चित पत्रकार रवि लामिछानेले आफ्नो अंगदान दिने घोषणा गरेका छन् । चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा मार्फत उनले सो घोषणा गरेका हुन् । कार्यक्रमका समय कयौँ मृगौला पीडितहरुले सहयोगको याचना गरिरहने हृदयविदारक परिस्थितीलाई पार लगाउने सकिन्छ भनेर उनले मृगौलाको सहज प्रत्यारोपणका विषयमा श्रृखलावद्ध कार्यक्रम समेत चलाएका छन् ।

    Advertisement

    मृगौला प्रत्यारोपण पछि पनि विरामीहरुले आरामको जीवन बाँच्न सक्छन् तर विरामी र मृगौला दाताले चाहेर मात्रै नेपालमा त्यो सम्भव छैन । नेपालमा रहेको मानव शरीरहेका अंग प्रत्यारोपण नियमित तथा निषेध ऐन २०५५ शंसोधन २०७२ अनुसार नजिकका नातेदार तथा अंग साटफेर गर्न सकिने व्रेन डेथको अवस्थाबाट प्राप्त हुँदा मात्रै मृगौला लिन सकिने नियम छ । तर यो नियम स्वयम् यस अघिका प्रधानमन्त्री केपी शर्मा ओलीको हकमा लागू भएन ।

    उनले कानुनले तोको भन्दा दुई पुस्ता अघि बढेर मृगौला प्रत्यारोपण गरेका थिए ।सर्वसाधरणले भने मामाको छोरी,छोरा,मितछोरा,मितछोरी वा अन्य नातेदारबाट मृगौला लिन दिन तयार भएपनि कानुनले छेकेको छ । मृगौला दिने कानुनले सम्वोधन गरेको आफन्तको परिभाषालाई फराकिलो गराउन मृगौला पीडितहरुले माग गरेका छन् ।
    अहिले उचित विकल्प ब्रेनडेथबाट प्राप्त हुने मृगौला सहितका अंग प्रभावकारी देखिएको छ । तर नेपालमा अंगदानको शिक्षा र सचेतना कम हुँदा अंगदान दिनेहरु भेटिदैनन् ।
    कार्यक्रम मार्फत रवि लामिछानेले आफ्ना अंगहरु दान दिनेगरी फारम भर्ने बताएका छन् । कार्यक्रमका अतिथि मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले ब्रेनडेथको केशबाट आठ वटा अंग लिन सकिने र त्यसले आठ जनाको ज्यान बचाउन सकिने बताउनुभयो । तर नेपालमा पर्याप्त जनचेतना नहुँदा त्यसरी अंग दान गर्नेहरु नरहेको बताउनुभयो ।

    मष्तिस्क मृत्यु मानव मृत्यु नै भएको तर उसका अन्य अंगहरु भने पुन प्रयोग गर्न सकिने उहाँको भनाई छ । यदी कसैको ब्रेनडेथबाट निधन भएको छ भने मृतकका आफन्तले नेपाल सरकार स्वास्थ्यमन्त्रालय अन्तर्गतको संस्था शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा खवर गर्न सकिने र त्यहाबाट खटिएका दक्ष कर्मचारीले अंग लैजाने छन् र आवश्यकता परेकालाई कानुन अनुसार उपलब्ध गराउनेछन् ।

    ३ करोड नेपालीमा अहिले सम्म जम्मा २५ सय जनाले मात्रै अंगदान दिनका लागि फर्म भरेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.