नवलपुर। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले पटका र लङ्गुबुर्जा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीका अनुसार सवारी चेकजाँचका क्रममा १ लाख ३० हजार मूल्य बरावरका ती वस्तुहरु फेला पारिएको हो ।
विभिन्न मितिमा बरामद गरिएका थरीथरीका(प्रज्वलनशिल) पदार्थ पटकाहरु र एक बोरा लङगुरबुर्जा समेत एक मुष्ट नष्ट गरिएको जानकारी दिनुभयो ।
प्रशासनले तिहारका समय पटका,भुँइचम्पा,आतासवाजी जस्ता प्रज्वलनशील एवं विष्फोटक पदार्थ उत्पादन ओसारपसार,विक्रि वितरण र प्रयोग नगर्न सूचना जारी गरेको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले हस्ताक्षर गरी जारी गरेको सूचना अनुसार कोभिड १९ को स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।
साथै राति ९ बजेसम्म मात्रै २० जनासम्मको टोली बनाएर देउसी भैलो कार्यक्रम गर्न भनिएको छ । साथै स्वईच्छाले दिएको दान मात्र ग्रहण गर्न र दान गर्ने व्यक्तिले सामाजिक रवाफ र प्रभावको लागि आवश्यक दान दिने कार्य नगर्न नगराउन पनि प्रशासनले अनुरोध गरेको छ ।



