×
शनिबार, कार्तिक १५, २०८३
☰
शनिबार, कार्तिक १५, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

वाईसिएल नवलपुरको संयोजकमा प्रविणराज पौडेल चयन


  •   शुक्रबार, कार्तिक १९, २०७८
  • गैँडाकोट । नेकपा माओवादी केन्द्रको भातृसंस्था, युवाहरुको नेतृत्व रहेको योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसिएल), नवलपुरको जिल्ला संयोजकमा प्रविणराज पौडेल चयन भएका छन् ।

    Advertisement

    वाईसिएल नेपालको केन्द्रीय कार्यालयले परिपत्र जारी गरेर गैँडाकोट ४ का पौडेललाई संयोजकको जिम्मा दिएको हो । युवाहरुको मुद्दालाई पहिचान गरी सम्वन्धीत निकायको ध्यानाकर्षण गराउन सधैँ अग्रसर हुने पौडेल युवाहरु माझ परिचित युवा मानिन्छन् ।

    उनी संगठनको गण्डकी प्रदेश सदस्य समेत रहेका छन् । २०६०÷६१ साल देखि अखिल क्रान्तिकारीको बिद्यार्थी राजनीतिमा सक्रिय पौडेल लक्ष्मी उच्च मावि अमरापुरीको ईकाई अध्यक्ष, क्षेत्रीय अध्यक्ष, जिल्ला सदस्य, जिल्ला सचिवालय सदस्यको कार्यकाल पूरा गरिसकेको छन् ।

    बिद्यार्थी संगठनबाट युवा संगठनमा प्रवेश गरेका पौडेलले संयोजकको जिम्मा पाएसँगै संगठनलाई थप बलियो बनाउने बताएका छन् । पछिल्लो समय पार्टीको गतिविधि समेत बढ्दै गएको भन्दै युवाहरुलाई राजनीतिमा जोडेर देश परिवर्तनमा लगाउन आफू प्रयत्नशील रहने बताए ।

    वाईसिएल नवलपुरको जिल्ला ईन्चार्जमा कावासोती डण्डा निवासी युवा नेत्री देवि अधिकारी (समिक्षा) चयन भएकी छिन् । अधिकारी माओवादी जनयुद्धकालीन नेत्री समेत हुन् । अधिकारी २०७८ भदौको राष्ट्रिय भेलाबाट केन्द्रीय सदस्य र केन्द्रको परिपत्र अनुसार वाईसीएल नवलपुर जिल्ला ईन्चार्ज भएकी हुन् ।
    लामो समय पश्चात ढिलै गरी भए पनि वाई सी एल नेपालले क्रियाशील र शशक्त संगठन निर्माण गर्न भन्दै कार्यविभाजन गरेको हो ।

    जसअनुसार १ नंं प्रदेशको इन्चार्जमा यबिराज राई, संयोजकमा डम्वर पुलामी “कर्मा“,२ नंं प्रदेशको इन्चार्जमा शंकर महतो, संयोजकमा संदेश श्रेष्ठ, बागमती प्रदेशको इन्चार्जमा प्रकाश चन्द्र पाण्डे“प्रलोक“, संयोजकमा राजन गौतम “नकुल“, गण्डकी प्रदेशको इन्चार्जमा राजकुमार दुलाल“सूवर्ण“ संयोजकमा चन्द्र बहादुर थापा “अर्पण“, लुम्बिनी प्रदेशको इन्चार्जमा केहरसिंह कुवर“कन्चन“,संयोजकमा जितेन्द्र पुन “फेमस“, कर्णाली प्रदेशको संयोजकमा विष्णु महत “गौरव“ र संयोजकमा गणेश शाही “विद्रोही“,सुदुरपश्चिम प्रदेशको इन्चार्जमा दिल बहादुर थापा “तुफान“ संयोजकमा शिव बहादुर बोगटी चयन भएका छन ।
    विशेष प्रदेशका लागि इन्चार्जमा ज्ञान बहादुर ढुंगाना “सुबित“ र संयोजकमा ललित श्रेष्ठ “अभियान“ चयन भएका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.