गैँडाकोट । नेकपा माओवादी केन्द्रको भातृसंस्था, युवाहरुको नेतृत्व रहेको योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसिएल), नवलपुरको जिल्ला संयोजकमा प्रविणराज पौडेल चयन भएका छन् ।
वाईसिएल नेपालको केन्द्रीय कार्यालयले परिपत्र जारी गरेर गैँडाकोट ४ का पौडेललाई संयोजकको जिम्मा दिएको हो । युवाहरुको मुद्दालाई पहिचान गरी सम्वन्धीत निकायको ध्यानाकर्षण गराउन सधैँ अग्रसर हुने पौडेल युवाहरु माझ परिचित युवा मानिन्छन् ।
उनी संगठनको गण्डकी प्रदेश सदस्य समेत रहेका छन् । २०६०÷६१ साल देखि अखिल क्रान्तिकारीको बिद्यार्थी राजनीतिमा सक्रिय पौडेल लक्ष्मी उच्च मावि अमरापुरीको ईकाई अध्यक्ष, क्षेत्रीय अध्यक्ष, जिल्ला सदस्य, जिल्ला सचिवालय सदस्यको कार्यकाल पूरा गरिसकेको छन् ।
बिद्यार्थी संगठनबाट युवा संगठनमा प्रवेश गरेका पौडेलले संयोजकको जिम्मा पाएसँगै संगठनलाई थप बलियो बनाउने बताएका छन् । पछिल्लो समय पार्टीको गतिविधि समेत बढ्दै गएको भन्दै युवाहरुलाई राजनीतिमा जोडेर देश परिवर्तनमा लगाउन आफू प्रयत्नशील रहने बताए ।
वाईसिएल नवलपुरको जिल्ला ईन्चार्जमा कावासोती डण्डा निवासी युवा नेत्री देवि अधिकारी (समिक्षा) चयन भएकी छिन् । अधिकारी माओवादी जनयुद्धकालीन नेत्री समेत हुन् । अधिकारी २०७८ भदौको राष्ट्रिय भेलाबाट केन्द्रीय सदस्य र केन्द्रको परिपत्र अनुसार वाईसीएल नवलपुर जिल्ला ईन्चार्ज भएकी हुन् ।
लामो समय पश्चात ढिलै गरी भए पनि वाई सी एल नेपालले क्रियाशील र शशक्त संगठन निर्माण गर्न भन्दै कार्यविभाजन गरेको हो ।
जसअनुसार १ नंं प्रदेशको इन्चार्जमा यबिराज राई, संयोजकमा डम्वर पुलामी “कर्मा“,२ नंं प्रदेशको इन्चार्जमा शंकर महतो, संयोजकमा संदेश श्रेष्ठ, बागमती प्रदेशको इन्चार्जमा प्रकाश चन्द्र पाण्डे“प्रलोक“, संयोजकमा राजन गौतम “नकुल“, गण्डकी प्रदेशको इन्चार्जमा राजकुमार दुलाल“सूवर्ण“ संयोजकमा चन्द्र बहादुर थापा “अर्पण“, लुम्बिनी प्रदेशको इन्चार्जमा केहरसिंह कुवर“कन्चन“,संयोजकमा जितेन्द्र पुन “फेमस“, कर्णाली प्रदेशको संयोजकमा विष्णु महत “गौरव“ र संयोजकमा गणेश शाही “विद्रोही“,सुदुरपश्चिम प्रदेशको इन्चार्जमा दिल बहादुर थापा “तुफान“ संयोजकमा शिव बहादुर बोगटी चयन भएका छन ।
विशेष प्रदेशका लागि इन्चार्जमा ज्ञान बहादुर ढुंगाना “सुबित“ र संयोजकमा ललित श्रेष्ठ “अभियान“ चयन भएका छन् ।



